गुराँसमा ‘ग्रिन कर्णाली र ग्रिन जव’ परियोजना लागु

गुराँसमा ‘ग्रिन कर्णाली र ग्रिन जव’ परियोजना लागु

दैलेख : जिल्लाको गुराँस गाउँपालिकामा ‘ग्रिन कर्णाली र ग्रिन जव’ परियोजना सञ्चालनमा आएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सहयात्रा–दोस्रो, लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) र विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना सञ्चालन गरेको सोसेक नेपालले थप दुई परियोजना सञ्चालनमा ल्याएको हो ।

संस्थाका उपकार्यकारी निर्देशक बसन्तकुमार श्रेष्ठका अनुसार डिसिए नेपालको सहयोगमा ग्रिन कर्णाली परियोजना सन २०२३ जनवरीदेखि कार्यान्वयनमा ल्याईएको हो । यस्तै चिल्ड्रेनसँगको साझेदारीमा ग्रिन जव परियोजना सन २०२२ डिसेम्वरदेखि कार्यान्वयनमा ल्याईएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।
यी दुई वटै परियोजना कार्यान्वयनका लागि सरोकारवालासँग परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उपाध्यक्ष शिवा कुमारी खड्का, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर के.सी, वडा नं १ र २ का वडाध्यक्ष र वडासदस्य, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, उपकार्यकारी निर्देशक बसन्तकुमार श्रेष्ठ लगाएत सहभागि थिए । कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले कार्यक्रम कार्यान्वयन सम्झौता गरेर परियोजना कार्यान्वयतर्फ अघि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया