बडागाउँ स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

          |   प्रकाशित मितिः बिहिबार, पुस २८, २०७९     ::: 60 पटक पढिएको   |  

सल्यान : सल्यानको बडागाउँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको कुमाख गाउँपलिका ६ मा रहेको वडागाउँमा सुत्केरी हुन तथा सुत्केरी भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामाग्री हस्तान्तरण गरिएको हो । वडागाउँ स्वास्थ्य चौकी स्थित बर्थिङ सेन्टरलाई १४५ किसिमका सामाग्री वितरण गरिएको हो ।

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्र्तगत डेलिभरी वेड, पिएनसी वेड, अक्सिजन सिलिण्डर, हिटर लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । दलित विकास समाज सल्यानबाट सञ्चालित परियोजना र स्थानीय पालिकाको साझेदारीमा दुई लाख ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको दलित विकास समाज सल्यानले जनाएको छ ।

बर्थिङ सेन्टरमा आवश्यक उपकरणको सुविधा थपिएपछि गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने कुमाख गाउँपालिका ६ का वडाध्यक्ष कर्ण बहादुर वि.कले बताए ।

आमा र नवजात शिशुलाई स्वस्थ राख्न र सहज उपचारका लागि सामाग्री सहयोगी सिद्ध हुने अपेक्षा राखेको उनको भनाई छ । विगतमा सिमित स्रोत र साधनबाट पनि राम्रो सेवा प्रदान भइरहेको बताउँदै उनले उपकरण थपसँगै सेवाप्रवाह पनि सुरक्षित र भरपर्दो हुने बताए ।

यस्तै उक्त परियोजनाले छत्रेश्वरी गाउँपालिका ६ को बर्थिङ सेन्टरमा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विगतमा सिमित उपकरण र सामाग्रीका कारण सुरक्षित प्रसुति सेवा दिन समस्या हुदै आएकोमा अव जटिल बाहेकका सबै प्रसुति सेवा सहज हुने छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*