डबल क्याप हाईलेक्स गाडी दुर्घटना, ४ जनाको मृत्यु

डबल क्याप हाईलेक्स गाडी दुर्घटना,  ४ जनाको मृत्यु

सुर्खेत : सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको डबल क्याप हाईलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोलास्थित रत्न राजमार्गमा बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साढे दुई बजे दुर्घटना भएको हो।

दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षका सागर शाही, दैलेख डुंगेस्वर गाउँपालिका-५ का ३३ वर्षका दिपकजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका- ५ का ३१ वर्षका बबिन शाही र दैलेख गुराँश गाउँपालिका- ३ का राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले जनाएको छ।।

दुर्घटनापश्चात घाइतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएका थिए। दुर्घटनामा घाइते भएङ्का गाभैरबी गाउँपालिका- ५ का २६ वर्ष वीरेन्द्र शाहीको उपचार भइरहेको छ। उनको छातिमा चोट लागेकोले बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ।  गाडी सडकबाट ७० मिटर तल खोलामा खसेको छ।

प्रतिक्रिया