बँदेललाई थापेको पासोमा चितुवा परेपछि…

बँदेललाई थापेको पासोमा चितुवा परेपछि…

दैलेख : दैलेखमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दुल्लु नगरपालिका–९ मा स्थानीयले जंगली बँदेलका लागि थापेको पासोमा चितुवा परेको हो । पासोमा परेको चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । बँदेललाई थापेको पासोमा परेर घाइते भएको चितुवा उद्धार गरी दैलेख सदरमुकाम ल्याउने क्रममा मृत्यु भएको कार्यालय दैलेखले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी वेद प्रकाश ढकालले पासोमा परेको चितुवालाई उद्धार गरी दैलेख ल्याउने क्रममा बाटोमै मृत्यु भएको बताए । उद्धारका लागी बर्दिया राष्ट्रिय निकुञ्जको टोली आएको र उद्धार गरी दैलेख सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । ‘मृत्यु भएको चितुवाको पोस्ट्मार्टम गरी छाला निकालेर चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी गरेको छौ,’ उनले भने ।

बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. चित्र बहादुर खड्काले चितुवाको उद्धारका लागी रातारात टोली दैलेख पुगेर बँदेललाई थापेको पासोमा परेको चितुवालाई घाइते अवस्थामा उद्धार गरिएको बताए । ‘चितुवा पासोमा परेपछि भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने अवस्थामा पुगेको थियो, उद्धार गरेर ल्याउँदै गर्दा मृत्यु भयो,’ उनले भने । बँदेलले आतंक मच्चाएपछि आफूहरू पासो थाप्न बाध्य भएको बताएका स्थानीयले छन् ।

प्रतिक्रिया