कर्णालीमा नयाँ मन्त्रीको नियुक्ति आज

कर्णालीमा नयाँ मन्त्रीको नियुक्ति आज

 

सुर्खेत :  कर्णाली प्रदेश सरकार आज बिस्तार हुने भएको छ । सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मंगलबार बसेको बैठकले भागबन्डा टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय पाउने भएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो । यी मन्त्रालयमा जाने मन्त्रीको नियुक्ति आज हुने माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिएका छन् । कर्णालीमा पनि मन्त्रालयको सङ्ख्या घटाइएको छ । दलहरू अहिले क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक तयारीमा जुटेका छन् ।

प्रतिक्रिया