ट्रयाक्टरबाट खसेर एक युवकको ज्यान गयो

ट्रयाक्टरबाट खसेर एक युवकको ज्यान गयो

दैलेख : गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँ तर्फ जाँदै गर्दा मध्यपहाडी राजमार्गको नारायण नगरपालिका–१ गहतारी नजिक शनिवार भएको दुर्घटनामा नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
भे २ त १४७८ नम्बरको ट्रयाक्टरको बीचको ठूलो टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी दैलेख अस्पताल पु¥याएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिए ।
मूल सडकमा ट्रयाक्टरको बीचको ठूलो टायरले देब्रे हात, छाति च्यापिएको र मुखबाट रगत बगेको अवस्थामा प्रहरीले फेला पारेपछि उद्धार गरी अस्पताल पु¥याएकोमा मुटुको धड्न बन्द भइसकेकोले मृत घोषणा गरिएको दैलेख अस्पतालका डा. बिवेक सुवेदीले बताए ।
ट्रयाक्टर चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरबका कृष्णबहादुर बिक घटना लगतै फरार भएकाले चालकको खोजी र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । छामघाट खोलाबाट काम सकेर साथीको ट्रयाक्टरमा जाँदै गर्दा सदरमुकाम नजिक उक्त दुर्घटना भएको हो ।
मृतक रमेश बिक पनि ट्रयाक्टर चालक हुन् । सदरमुकाममा रोकिनुपर्नेमा साथीको ट्रयाक्टरमा किमुगाउँ जान लाग्दा यो दुर्घटना भएको हो । नौ जनाको संयुक्त पारिवारको पालनपोषणमा मुख्य जिम्मेवारी निर्वाह गरेका रमेशले छ महिना अघि मात्र विवाह गरेका थिए ।

प्रतिक्रिया