कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटनामा १३ जना घाइते

कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटनामा १३ जना घाइते

दैलेख : कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटनामा परेको छ । मंगलवार साँझ राजमार्ग अन्तरगर्त चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ७ रामाघाट नजिकै गाडी दुर्घटनामा परेको हो । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए ।

गाडी दुर्घटनामा १३ जना घाइते भएको डिएसपी साहले जानकारी दिए । उक्त गाडीमा चालक र सहचालक सहित १३ जना सवार थिए । घाइतेहरुको उद्धार गरि स्थानीय मेडिकलमा उपचारका लागि पठाईएको थियो । स्थानीय मेडिकलबाट उपचारपछि तीन जना डिस्चार्ज भएका छन् । अन्य १० जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको डिएसपी साहले बताए ।

गाडी सडकबाट अन्दाजी ८० मिटर तल कर्णाली नदिको किनारमा खसेको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया