उद्येमीलाइ बाख्रा बितरण

उद्येमीलाइ बाख्रा बितरण

सल्यान :  जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १ का २४ जना उद्येमीलाइ बाख्रा बितरण गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बागचौर नगरपालिका वडा नम्बर १ का २४ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हो ।

गत वर्ष वडा नं। १ मा संचालन गरेको लघु उद्येम विकास कार्यक्रमका लालीगुराँस लघु उद्यमी समूह र सयपत्री लघुउद्यमी समूहका २४ उद्यमीलाई बाख्रा वितरण गरिएको हो ।

गाउँमा रहेका महिला, स्वदेशमै बसी केही गर्न चाहने युवाहरु,तथा तथा पिछडिएका वर्गहरुलाई समावेश गरि २४ जना उद्येमीलाइ बाख्रा बितरण गरिएको हो । व्यवसाय बृद्धि र विस्तारका लागि २४ जना लघु उद्यमीहरुलाई बाख्रा वितरण गरिएको हो ।

लघु उद्यमीहरूको हौसला बढाएर उनीहरूको आर्थिक स्थिति बदल्न नगरपालिकाका अन्य ११ वटा वडाहरु पनि यस्ता किसिमका कार्यक्रमहरु संचालन भइरहेका छन।

बागचौर नगरपालिका वडा नं-१ का वडा अध्यक्ष गंगाराम बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतम, बिशिस्ट अतिथी नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगरपालिका उद्योग विकास शाखाका सोभाराम खड्का, निर्मला बस्नेत लगायत वडावासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया