बेमौसमी तरकारी खेतीतर्फ आकर्षित मांग्रीवासी

बेमौसमी तरकारी खेतीतर्फ आकर्षित मांग्रीवासी

 

मुगु :  मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् ।

सदरमुकामदेखि टाढा रहेका मह र मांग्री गाउँका महिलाहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । आयातित तरकारीको भरमा परेका लामा समुदायका नागरिकहरू पछिल्लो समय सङ्घ संस्थाको आर्थिक सहयोगमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने गरेका हुन् ।

मुगुम कार्मारोङ गाउँपालिका–७ र ८ का र्फ लामा समुदायका महिलाहरू तरकारी खेती गर्दै आत्मनिर्भर बन्दै गएका हुन् । युनाईटेड मिसन टू कलष्टर ९युएमएन० मुगुको आर्थिक सहयोग र करानी सामुदायिक विकास केन्द्र ९केसीडीसी० मुगुको समन्वयमा उनीहरूले तरकारी खेती गरेका हुन् ।

आफ्नो ग्रिन हाउसमार्फत बेमौसमी हरियो सागपात, धनियाँ, प्याज जस्ता तरकारी उत्पादन गर्दै आइरहेको मुगूम कार्मारोङ गाउँपालिका–८ का किसान छेवाङ साङमु लामाले बताइन् । उनका अनुसार महिलाहरू तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् ।

प्रतिक्रिया