शिक्षक संघमा कडा प्रतिस्पर्धा

शिक्षक संघमा कडा प्रतिस्पर्धा

दैलेख – नेपाल काँग्रेसकाे शुभेच्छुक संस्था ‘नेपाल शिक्षक संघ’ जिल्ला समिति दैलेखको नवाैं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि भएको निर्वाचनकाे मतगणना दैलेख सदरमुकामकाे याेगभवनमा चलिरहेको छ ।

मतगणनाकाे परिणाम सुरुदेखि कडा प्रतिस्पर्धात्मक बनेकाे छ ।  कुल मतदाता ११ सय ८० मध्ये ९ सय ४३ मत खसेकाेमा मतगणनाकाे मध्यमा आइपुग्दा समेत प्रतिस्पर्धा उस्तै रहेको छ ।

दुई समूहमा प्रतिस्पर्धा भइरहेको मतगणना परिणाम अनुसार राति २ बजेसम्म ५ सय १५ मत गणना हुँदा अध्यक्ष पदका प्रत्यासीहरु रेशम नेेपालीले २ सय ६७ र देवीराम आचार्यले २ सय ४१ मत पाउनुभएको छ । उहाँहरुवीच २६ मत अन्तर परेकाे छ ।

एक अध्यक्ष, महिला र खुला समेत दुई उपाध्यक्ष, अर्थ र खुला गरि दुई सचिव, पाँच सहसचिव, कम्तीमा तीन महिला सहित सात जना सदस्यहरुकाे प्रत्यक्ष निर्वाचन प्रणालीबाट जिल्ला कार्य समिति चुनिदैछ ।

विधान अनुसार हरेक पालिका समितिबाट निर्वाचित अध्यक्षहरु जिल्ला कार्य समितिकाे सदस्य रहने व्यवस्था छ । दैलेखका ११ स्थानीय तहका अध्यक्ष जिल्ला कार्य समितिकाे सदस्य चुनिसकेका छन् ।

शनिबार दिउँसो भएको मतदानपछि राति साढे ७ बजेदेखि थालिएको मतगणना राति १ बजेसम्म ४ सय गणना भएको हिसाब आइतबार विहान ७ बजेतिर अन्तिम नतिजा आइसक्ने निर्वाचन आयुक्त कृष्णबहादुर श्रेष्ठले बताउनुभयो ।

जिल्ला कार्यसमितिका पदाधिकारीका अलवा संघीय महाधिवेशन प्रतिनिधि दुई महिला समेेत सात जना र प्रदेश महाधिवेशन प्रतिनिधिमा तीन महिला सहित आठ जना प्रतिनिधिकाे चुनिंदैछन् ।

निर्वाचनमा महिला उपाध्यक्ष लक्ष्मी थापा, अर्थ सचिव रुपेश चन्द, महिला सहसचिव पद्मा शर्मा, अर्थ सहसचिव माण्डवी सिंह ठकुरी, प्रदेश प्रतिनिधि तीन महिलाहरु टीकाकुमारी थापा, भुवनलक्ष्मी थापा र राधिका शाही निर्विरोध निर्वाचित भइसकेका निर्वाचन आयुक्त श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया