शिक्षक संघ जिल्लाको नेतृत्व चयन

शिक्षक संघ जिल्लाको नेतृत्व चयन

दैलेख – नेपाल शिक्षक संघ जिल्ला समिति दैलेखको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको निर्वाचन प्रणालीबाट चयन भएको छ । अध्यक्ष पदका प्रत्यासी रेशम नेपालीले ४ सय ७६ मत पाई जित्न सफल हुनुभएको छ । कुल मतदाता ११ सय ८० मध्ये ९ सय ४३ मत खसेको थियो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी देवीराम आचार्यले ४ सय ५७ मत पाउनुभएको थियो । उहाँहरुवीच १५ मत अन्तर परेको छ । त्यसैगरी गणेशप्रसाद खनाल, सचिव पूर्णप्रसाद भट्टराई, खुला सहसचिव ध्रुवनाथ योगी, समावेशी सहसचिवद्वय खगेन्द्रबहादुर शाही र चक्रबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

एक अध्यक्ष, महिला र खुला समेत दुई उपाध्यक्ष, अर्थ र खुला गरि दुई सचिव, पाँच सहसचिव, कम्तीमा तीन महिला सहित सात जना सदस्यहरुको प्रत्यक्ष निर्वाचन प्रणालीबाट जिल्ला कार्य समिति चुन्न शनिबार मतदान भएको थियो ।

शनिबार रातिदेखि भएको मतगणना परिणाम अनुसार चार जना खुला सदस्यहरु उत्तम रिजाल, पंखबहादुर कठायत, दीपकबहादुर शाही र कलमबहादुर रावल चुनिनु भएको छ ।

विधान अनुसार हरेक पालिका समितिबाट निर्वाचित अध्यक्षहरु जिल्ला कार्य समितिको सदस्य रहने व्यवस्था छ । दैलेखका ११ स्थानीय तहका अध्यक्ष जिल्ला कार्य समितिको सदस्य चुनिनुभएको छ ।

जिल्ला कार्यसमितिका पदाधिकारीका अलवा संघीय महाधिवेशन प्रतिनिधि दुई महिला समेत सात जना र प्रदेश महाधिवेशन प्रतिनिधिमा तीन महिला सहित आठ जना प्रतिनिधिको चुनिनुभएको छ ।

निर्वाचनमा महिला उपाध्यक्ष लक्ष्मी थापा, अर्थ सचिव रुपेश चन्द, महिला सहसचिव पद्मा शर्मा, अर्थ सहसचिव माण्डवी सिंह ठकुरी, प्रदेश प्रतिनिधि तीन महिलाहरु टीकाकुमारी थापा, भुवनलक्ष्मी थापा र राधिका शाही निर्विरोध निर्वाचित भइसकेका निर्वाचन आयुक्त श्रेष्ठले जानकारी दिनुभयो ।

मतगणना परिणाम अनुसार संघीय महाधिवेशन प्रतिनिधिमा पाँच जना पुरुषहरु गणेशप्रसाद खनाल, केशव भण्डारी, कृष्णबहादुर थापा, टंकबहादुर कार्की र डम्बर खनाल निर्वाचित हुनुभएको छ । महिला दुई जना अमृताकुमारी बीसी र भीमकुमारी भण्डारी चुनिनुभएको छ ।

त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधिमा पाँच जना पुरुषहरु जनकबहादुर कार्की, राजेन्द्र लम्साल, खगेन्द्र खत्री, लवबहादुर शाही र धर्मप्रसाद उपाध्याय निर्वाचित हुनुभएको निर्वाचन आयुक्त कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया