विश्व उपभोक्ता अधिकार दिवस तयारी

विश्व उपभोक्ता अधिकार दिवस तयारी

दैलेख – भोलि चैत १ गते तदनुसार मार्च १५ तारिक अर्थात् उपभोक्ता अधिकार दिवस । ‘स्वच्छ ऊर्जा मार्फत उपभोक्ता सशक्तिकरण’ नारा सहित मनाउन लागिएको विश्व उपभोक्ता अधिकार दिवस दैलेखमा पनि तयारी भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेख, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दैलेख उद्योग बाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च दैलेखले दिवस मनाउने तयारी गरेका छन् ।

भोलि विहान साढे ७ बजे गणेशचोकबाट आरम्भ हुने विश्व उपभोक्ता अधिकार दिवस ¥याली सहित नगर परिक्रमापछि जिसस दैलेखको ठूलो हलमा अन्तरक्रिया कार्यक्रम तय गरिएको उपभोक्ता हित संरक्षण मञ्च दैलेखका सचिव पत्रकार अमर सुनारले जानकारी दिनुभयो ।

बस्तुहरुको आपूर्ति, उपभोग गर्ने अवधि, त्यसको तौल वा मात्रा, शुद्धता लगायतका गुणस्तरीयता बारे उपभोक्तालाई सचेतना अभिबृद्धि गराउन विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागिएको बताइएको छ ।

उपभोक्ता अधिकार बारे सचेतना अभिबृद्धि गर्न संयुक्त राष्ट्र संघले घोषणा गरे अनुसार हरेक वर्ष मार्च १५ तारिकमा विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिएको हो ।

दैलेखमा दिवसको प्रभाकारिता बारे आइतवार प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षता र मंगलवार दैलेख उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेन्द्र थापाको अध्यक्षता तयारी बैठकहरु बसी तयारी बैठक बसेको छ ।

तयारी बैठकमा भएको छलफल र समुदायको तत्परताले दिवसमा आम सर्वसाधारणको समेत राम्रो सहभागित रहनेमा आफूलाई बिश्वास जागेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना खत्रीले बताउनुभयो ।

प्रतिक्रिया