संकलन केन्द्र प्रयोगविहीन, किसान डोकोमै तरकारी बेच्छन्

संकलन केन्द्र प्रयोगविहीन, किसान डोकोमै तरकारी  बेच्छन्

जाजरकोट –  किसानको उत्पादन सङ्कलन गरी बजारसम्म पु¥याउने उद्देश्यसहित निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ । कर्णाली प्रदेश सरकार कृषि मन्त्रालयको ३५ लाख रुपैयाँमा सदरमुकाम खलंगामा निर्माण गरिएको संकलन केन्द्र प्रयोगविहीन भएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा २५ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० लाख गरी कुल ३५ लाख बजेट प्राप्त भएको थियो । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको थियो ।

सङ्कलन केन्द्र प्रयोगविहीन भएपछि आफ्ना उत्पादन डोकोमा बोकेर पसल र गाउँघर चहार्दै बेच्न किसान बाध्य छन् । भेरी नगरपालिका–४ का एकदेव शर्माले सरोकारवाला निकायको लापरबाहीका कारण कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन अवस्थामै जीर्ण बन्दै गएको बताउनुभयो ।

कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले कृषि उपज सङ्कलन केन्द्र सञ्चालनका विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । सहकारी संस्थाका प्रबन्धक राजु केसीले सङ्कलन केन्द्र छिट्टै सञ्चालन गरिने दावी गर्नुभयो ।

प्रतिक्रिया