बेमौसमी तरकारी खेतीसम्बन्धी तीनदिने तालिम सम्पन्न

बेमौसमी तरकारी खेतीसम्बन्धी तीनदिने तालिम सम्पन्न

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकामा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । एइ.आइ.एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य पयिोजनाको आययोजनामा सम्पन्न भएको हो ।

ठाटीकाँध गाउँपालिका -६ मा संचालन भएको बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम ३ दिनसम्म संचालन भएको थियो । तीनदिनसम्म संचालित उक्त तालिममा विभिन्न कृषि समुहका २० जना सदस्यको सहभागिता रहेको थियो ।

तालिममा बेमौसमी तरकारि खेतीको परिचय, महत्व, फाईदा, नर्सरि व्यावस्थापन काउली बन्दा, टमाटर खुर्सानी, काक्रा फर्सि लगायतका विषयमा छलफल गरिएको सहकार्य परियोजना कृषि प्राविधिक भुपेन्द्र सिजापतिले बताउनुभयो । उहाँका अनुसार जैविक विषादि वनाउने तरिका प्रत्यक्ष नर्सरि व्याड बनायर बीउ छर्ने तरिका लगायतका विषयमा छलफल गरिएको थियो ।

बेमौसमी तथा वे मौसमी तरकारी उत्पादन गरि आफ्नो घर परिवार ले उपभोग गनुका साथै बिक्रि गरि आम्दानी गर्ने उदेश्य र तरकारीमा लाग्ने रोग किरा व्यावस्थापनको लागि प्रत्येक सदस्य लाई ६० लिटरको ड«म र एक थान हजारी वितरण गरिएको प्राविधिक सिजापतिले बताए ।

प्रतिक्रिया