पिछडिएका जातिवर्गको आर्थिक जीवनस्तर उठाउन आवश्यक

पिछडिएका जातिवर्गको आर्थिक जीवनस्तर उठाउन आवश्यक

दैलेख – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पूर्व साँसद पार्वती बिशुन्केले दलित तथा पिछडिएका जातिवर्गको आर्थिक जीवनस्तर उठाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल दलित मुक्ति संगठन दैलेखको भेलालाई सम्वोधन गर्दै विहीवार उहाँले सो विचार राख्नुभएको हो ।

नेपाल दलित मुक्ति संगठनले दलित समुदाय माथि भइरहेका सामाजिक असमानता, विभेद र शोषण बिरुद्ध जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न मुक्ति संगठनको नेतृन्वलाई निर्देशन दिंदै साँसद बिशुन्केले जनजीविकाको समस्या समाधान गर्न आग्रह गनुभयो ।

त्यसबखत नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुनाथ योगीले जनहितमा काम गर्न सके जनता समर्थन बढ्ने भएकोले संगठन सुदृढिकरण अभियानमा जुट्न आग्रह गर्दै पार्टी र नेपाल दलित मुक्ति संगठनका काममा सहकार्यता बढाउन सुझाव दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य मायाराम अधिकारीले दलित समुदाय माथि भइरहेको जातीय विभेद, असमानता बिरुद्ध सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी बनाउदै लैजानुपर्ने बताउनुभयो   ।

नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको बैठकमा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यहरू तीर्थ कठायत, खजुरा सूजी, जिल्ला कमिटी सचिवालय सदस्यहरु हर्कबहादुर नेपाली, रमेश केसी, मनकुमारी सुनार समेतको उपस्थिति थियो ।

बैठकले नेपाल दलित मुक्ति संगठनले पार्टी संगठनसंगको सहकार्यमा चैत ७ गते मनाइने जातिभेद तथा रंगभेद बिरुद्धको दिवसको दिन दैलेखका ११ वटै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने र त्यही दिन पालिका स्तरका र नेपाल दलित मुक्ति संगठन कमिटी गठन गर्ने तय गरेको संगठनका जिल्ला सचिव कलम नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया