सोसेक नेपालले ग¥यो अर्धवार्षिक समीक्षा

सोसेक नेपालले ग¥यो अर्धवार्षिक समीक्षा


दैलेख – समुदायको अधिकार स्थापना निम्ति क्रियाशील सोसेक नेपाल नामक गैरसरकारी संस्था सोसेक नेपालले संस्था र परियोजनाले गरिरहेका क्रियाकलापहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम शनिवार दैलेख बजारमा सम्पन्न गरेको छ ।

संस्थाले सञ्चालन गरिरहेका परियोजना र सोसेक नेपालले संस्थाबाट सञ्चालन गरेका क्रियाकलापको प्रगति, कार्यक्रम सञ्चालन गर्दाका समस्या, समस्या समाधानका लागि गरिएका प्रयासहरु, सिकाई वा अनुभूती र सुझावहरु विषयमा छलफल भएको बताइएको छ। ।

संस्थाले परियोजनना र संस्थागत पहलबाट भइरहेका विकास गतिविधिमा सुशासन, पारदर्शिता, जवाफदेहिता, कार्यक्रमको प्रभावकारिता, संस्थाका पदाधिकारी र कर्मचारीको अनुशासन, आचारविचार, परियोजना गतिविधिको प्रतिवेदन, लेखा प्रणाली लगायतका कामको गुणस्तरीयता सवालमा समीक्षा भएको बताइएको छ ।

सोसेक नेपालले गुराँस गाउँपालिकामा सञ्चालन गरेको सहयात्रा तथा जलश्रोत गुरुयोजना, दैलेखको गुराँस, अछामको बिनायक पञ्चदेवल र तुर्माखाँदमा सञ्चालित ग्रीन कर्णाली परियोजना, ठाँटीकाँधमा सञ्चालित सहकार्य, त्यसैगरी दुल्लू, महाबु, डुंगेश्वर र गुराँसमा चलिरहेको एकीकृत जलश्रोत परियोजना, कालिकोटको पलाँता र दैलेखको भैरबीमा सञ्चालित आधार परियोजना, कालिकोट र दैलेखमा चलिरहेको बाल हेल्पलाइन १०९८ मा कार्यरत ८० भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

हेल्भेटास, डीसीए, एईआइएन, सेभ द चिल्ड्रेन, वल्र्डभिजन लगायतका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुको साझेदारी तथा सहकार्यमा सोसेक नेपालले समुदायस्तरमा कतै खानेपानी तथा सरसफाई, काहिँ विद्यालय भवन निर्माण जस्ता भौतिक निर्माणदेखि कृषिमा उत्पादकत्व बृद्धि तथा त्यसको बजार, जनचेतना अभिबृद्धि र न्यायमा पहुँच अभिवृद्धिका परियोजना कार्यक्रमले सोसेक नेपाललाई कर्णाली प्रदेशकै परिचित गैरसकारी संस्थाको परिचय स्थापित गराएको छ ।

प्रतिक्रिया