एसईई परीक्षा : दैलेखमा पाँच हजार सात सय पैतीस परीक्षार्थी

एसईई परीक्षा : दैलेखमा पाँच हजार सात सय पैतीस परीक्षार्थी

दैलेख – चैत १७ गतेदेखि सुरु हुने यस वर्षको एसईई परीक्षामा दैलेखमा २४ परीक्षा केन्द्र कायम गरिएको छ । नियमित, ग्रेडवृद्धि र प्राविधिकतर्फ समेत ५ हजार ७ सय ३५ जना परीक्षार्थी सामेल हुदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका अनुसार नियमित तर्फ ५ हजार १ सय ८१ जना, ग्रेडवृद्धिमा ४ सय १२ जना र प्राविधिक तर्फ १ सय ४२ जना गरी जम्मा ५ हजार ७ सय ३५ जना परीक्षार्थी रहेकाछन् ।

परीक्षामा छात्रातर्फ ३ हजार १० जना र छात्रतर्फ २ हजार ७ सय २५ जना रहेका छन् । यस पटक छात्र भन्दा छात्रा वढी रहेका छन् । छात्र भन्दा छात्रा २ सय ८५ ले बढी छन् । छोरीलाई पनि विद्यालय पढाउने अभिभावकमा चेतना विकास भएको रुपमा आफूहरुले लिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त इकाइ प्रमुख रतनबहादुर विष्टको भनाई छ ।

जिल्लाका ११ वटा पालिका मध्ये सवैभन्दा बढी परीक्षा केन्द्र नारायण नगरपालिकामा पाँच वटा परीक्षा केन्द्र कायम गरिएको छ । यसैगरी ठाँटीकाँध, भैरवी, महावु, नौमूले र भगवतीमाई गाउँपालिकामा एक-एक वटा परीक्षा केन्द्र तोकिएका छन् । गुराँस, डुंगेश्वर गाउँपालिका अनि दुल्लू, चामुण्डाबिन्द्रासैनी र आठबीस नगरपालिकामा चाहिँ दुई वा दुई भन्दा बढी परीक्षा केन्द्र रहेका जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको तालिका अनुसार चैत्र १७ गतेदेखि २६ गतेसम्म साधारणतर्फ र चैत्र १७ गतेदेखि २९ गतेसम्म प्राविधिकधार तर्फको परीक्षा सञ्चालन हुनेछ ।

SEE 2079 Exam Routine

प्रतिक्रिया