कर्णाली नदीमा एक पुरुषको शव फेला

कर्णाली नदीमा एक पुरुषको शव फेला

 

सिमकोट – हुम्लाको चंखेली गाउँपालिकामा कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ ।

नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा आइतबार बेलुका एक पुरुष मृत अवस्थामा फेला परेको हुम्लाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

चंखेलीको पिप्लाङ गाउँनजिकै नदीमा माछा मार्ने क्रममा दुई युवाले उक्त शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी चौकी मेल्छामको टोलीले सोमबार नदीबाट शव बाहिर निकालेको छ ।

मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान नखुलेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया