जायज लिखित उजुरी गर्नेलाई पाँच हजार पुरस्कार !

जायज लिखित उजुरी गर्नेलाई पाँच हजार पुरस्कार !

दैलेख – रेडक्रस मावि भूर्तिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नारायण नगरपालिका–६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले विद्यालयको पढाई वा प्रशासनका बारेमा ठोस र जायज लिखित उजुरी गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

यूनिसेफ र सेतो गुराँस बाल विकास सेवाको सहयोगमा रेडक्रस मावि भूर्तिले आयोजना गरेको अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘हाम्रो बारे उजुरी पेटिकामा लिखित उजुरी जसले रुपमा लाई पुरस्कार दिने व्यक्ति पुरस्कार दिनेछौं ।’

विद्यालयका शिक्षक र पदाधिकारीहरुलाई जवाफदेहिता अभिबृद्धि र सुशासनका निम्ति यस्तो घोषणा गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । बालबालिकाको उचित शिक्षाको लागि गरिएको लगानीले उनीहरुको भविष्य उज्ज्वल हुने भएकोले नगरपालिका शिक्षामा लगानी गर्न इच्छुक रहेको उहाँले बताउनुभयाे ।

त्यसबखत इन्सेक प्रतिनिधि पत्रकार अमर सुनारले भन्नुभयो ‘विद्यालयको सेवा क्षेत्र र सामाजिक बाहुल्यताले दलितहरुकै बालबालिका विद्यालयमा बढी छन् तर दलित अभिभावकहरु शिक्षाप्रति सचेत छैनन् । निरन्तर अभिभावक शिक्षाले दलित बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुग्नेछ ।’

नारायण नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका कर्ण केसीले यूनिसेफको सहयोगमा सेतो गुराँसद्वारा सञ्चालित ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ले बालविकास शिक्षा सिकाई प्रभावकारितामा गरिरहेको प्रयासका विषयमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा रेडक्रस मावि भूर्तीका शिक्षक लिलाराम न्यौपानले अभिभाव शिक्षा अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै बालबालिकाप्रतिको दायित्व, अभिभावक शिक्षाको महत्व, बालबालिकाप्रति सकारात्मक सोच, समस्याको बिश्लेषण, प्रभावकारी शिक्षा लगायतका विषयमा बारे प्रष्ट्याउनुभयो ।

यूनिसेफको सहयोगमा सेतो गुराँसद्वारा सञ्चालित ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ले बालविकास शिक्षा सिकाई प्रभावकारितामा विषयमा नारायण नगरपालिका क्षेत्रका ४३ जना बालविकास तथा कक्षा १ का शिक्षकहरुलाई अभिभावक शिक्षा सहजीकरण सवालमा ७ दिने तालिम दिएको थियो ।

चैत २२ देखि २८ गतेसम्म पहिलो चरण र वैशाख ६ गतेदेखि १६ गतेसम्म चलेको दोश्रो चरण गरी नारायण नगरपालिका क्षेत्रका बालविकास केन्द्र शिक्षक र बालविकास केन्द्र नभएका विद्यालयका कक्षा १ अध्यापन गरिरहेका शिक्षकहरु समेत ४३ जना दिइएको ७ दिने तालिमपछि ती शिक्षकहरुले विद्यालय र समुदायमा अभिभावक शिक्षा अभिमुखीकरण गरिरहनुभएको छ ।

पहिलो चरणमा तालिम लिएका शिक्षकहरु मध्ये ६ वटा विद्यालयमा अभिभावक शिक्षा अभिमुखीकरण गरिएको बताइएको छ । जनता प्रावि कुसाँडा, खड्ग प्रावि कोलटाकुरा, पञ्चकोशी प्रावि गाइखुरे, रेडक्रस मावि भूर्ती, दिपशिशु प्रावि सिमाडा र सरस्वती मावि तर्ताङ्गमा अभिमुखीकरण सम्पन्न भएका छन् ।

बालविकास शिक्षा सिकाई प्रभावकारितामा विषयमा अभिभावक शिक्षा अभिमुखीकरण सहजीकरण सम्वन्धी ७ दिने तालिम लिएका नारायण नगरपालिका क्षेत्रका ४३ जना शिक्षकहरुले विद्यालय र समुदायमा हरेक महिना दुई वटा अभिभावक शिक्षा कार्यक्रम गर्ने कार्ययोजना रहेको सेतो गुराँस बाल विकास सेवा दैलेखका राधा मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया