मजदूरको हित र कल्याणकारी निम्ति सम्वेदनशीलता जरुरी : थापा

मजदूरको हित र कल्याणकारी निम्ति सम्वेदनशीलता जरुरी : थापा

दैलेख – १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले मजदूरहरुको सशक्तिकरण र उद्यमी तथा लगानीकर्ताहरुले मजदूरका हित र कल्याणकारी भावना पैदा गराउन श्रमिकवर्गलाई एक प्रेस विज्ञप्ती मार्फत शुभकामना दिनुभएको छ ।

प्रत्येक वर्ष मे १ तारिकका दिन मनाइने क्रममा यो वर्ष ‘सबैको श्रमको सम्मान र मर्यादित काम ः मर्यादित जीवनको आधार’ भन्ने मूल नारा सहित मनाउन लागिएको श्रमिक दिवस अवसरमा उद्यमी तथा व्यापारीहरुलाई श्रमिकको हक, अधिकार दिलाउन सम्वेदनशील हुन उहाँले आग्रह गर्नुभएको हो ।

जुन रुपमा र स्वरुपमा मजदुर दिवस मनाइन्छ त्यस अनुसार मजदूरहरुले अधिकारको लागि बोल्नसक्ने र आफ्नो उद्योग वा कलकारखानामा काम गर्ने मजदूरका हित र कल्याणकारी भावना मालिकहरुमा पर्न सकेको छैन भन्दै कार्यकारी निर्देशक थापाले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।

१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको परिस्थितिका बीच त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, विदा सुविधाका निम्ति चलेको एकीकृत आन्दोलनपछि भड्किएको हिंसाको घटना अनि प्राप्त अधिकार सवालसंग श्रमिक दिवसको सम्वन्ध जोडिएको छ ।

दिनमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको माग सहित शिकागोमा मजदूरहरूको शान्तिपूर्ण प्रदर्शन भइरहेको बेला प्रहरीले गोली चलाउँदा थुप्रै प्रदशनकारीको ज्यान गयो र ४ में का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गर्दा ४ प्रहरी सहित ७ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनमा घुसपैठ गरी घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछि फ्रेञ्च सोसिलिष्ट पार्टीले मे १ लाई श्रमिकहरु एकीकृत हुने घोषणा गरेको दिनलाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने घोषणा ग¥यो । परिणाम स्वरूप हरेक वर्ष मे १ तारिकको दिनलाई श्रमिक दिवस मनाउन थालिएको हो ।

 

प्रतिक्रिया