बालबालिका आफैले निर्माण गरे बजेट र योजना

बालबालिका आफैले निर्माण गरे बजेट र योजना

दैलेख – गुराँस गाउँपालिका स्तरीय बाल सञ्जालले हरेक बर्ष बालबालिका लक्षित कार्यक्रम तथा बजेट निर्माण गर्ने क्रममा आउदो वर्षको लागि बालबालिका लक्षित बजेट तथा कार्यक्रमहरु तय गरेको छ । बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले आर्थिक वर्ष ०८०र८१ को बजेट तथा योजना छनौट गरेको हो ।

वडास्तरका बालबालिकाहरुको समेत सहभागितामा आयोजना गरिएको बालभेलाले बाट बालबालिकालाई प्रत्यक्ष लाभान्वित हुने योजनाहरुको प्राथमिकिकरण गरी विद्यालय खेलमैदान, बालविवाह रोकथाम, बृहत्तर यौनिकता शिक्षा जस्ता कार्यक्रम तय गरिएको छ ।

बजेट कार्यक्रममा सार्वजनिक सुनुवाई, खेलकुद सामाग्री, विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था, पालिकामा रहेको छाउपडी प्रथा न्यूनिकरण, जोखिममा रहेका समावेश गरिएका छन् । कार्यक्रममा २० वर्ष पुगी विवाह गरेका जोडीलाई सम्मान गर्ने कार्यक्रम समेत समेटिएको छ ।

योजना तर्जुमामा स्थानीयहरुको व्यापक सहभागिता गर्ने गरिए अनुसार बालबालिका सम्वन्धी कार्यक्रम बनाउन बालबालिकाकै सहभागिता गराउन बालभेलाबाट बालबालिका लक्षित कार्यक्रम तथा बजेट निर्माण गरिएको गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काको बताउनुभयो ।

उहाँले थप्नुभयो ‘बालबालिकाका समस्या बारे गुराँस गाउँपालिका सम्वेदनशील समग्र शिक्षाको विकाससँगै बालबालिकासँग सम्बन्धित सवालहरुको सम्बोधनका बालबालिका लक्षित कार्यक्रम तथा बजेट निर्माण गरिएको हो ।’

गुराँस गाउपालिका वडा नं १ को भगवती मावि सेप्टीमा भौतिक पूर्वाधार, शिक्षक अभाव, खेलमैदान जीर्ण भवनले अध्ययन अध्यापनमा समस्या रहेको औल्याउदै आगामी वर्ष समस्या समाधान गर्न कार्यक्रम प्रस्ताव गरिएको बाल अभियान्ता डिलकुमारी पुनले आग्रह गर्नुभयो ।

बालबालिका माथि भइरहेका हिँसा न्यूनीकरणका लागि सकारात्मक अभिभावकत्व कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको सोसेक नेपालको सहयात्रा परियोजनाका बालसंरक्षण संयोजक निर्मल अधिकारीको भनाई छ ।

भविष्यका कर्णधार बालकालिकालाई पढाइसंगै सामाजिक काम अभ्यास गराउन सके अभिभावक र बालबालिकाहरुवीच सकारात्मक भावना विकास र सहकार्यता बढाउने अपेक्षा रहेको बालसंरक्षण संयोजक अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया