सन्‌ २०२३ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट गन्तब्यमा मुस्ताङ

सन्‌ २०२३ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट गन्तब्यमा मुस्ताङ

काठमाडौँ-  सन्‌ २०२३ का लागि घुम्नैपर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ ।

अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन्‌ २०२३ मा घुम्नैपर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नैपर्ने ठाउँमध्ये एक मात्र ठाउँको रुपमा उल्लेख गरिएको छ ।

नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ । हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरूमध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्धस्थानको रुपमा उल्लेख गरेको छ ।

तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरू रहेका छन् । लक्जरी खोज्नेहरूदेखि परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरू रहेका छन् ।

पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।

मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो । यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ । काठमाडौँबाट १२ घन्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्राभन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ ।

सिएनएनले मुस्ताङबाहेक पोल्याण्ड, कायरो, लाओसलगायतका सहरहरूलाई उल्लेख गरेको छ ।

प्रतिक्रिया