ठाटीकाँधमा व्यवसायिक तरकारी खेतीमा कृषकको आर्कषण बढ्दो

ठाटीकाँधमा व्यवसायिक तरकारी खेतीमा कृषकको आर्कषण बढ्दो

सुर्खेत –   बिहान भालेको डाकोसँगै ठाटीकाँधका गाणेश थापाको निन्द्रा खुल्छ । भालेको डाकोसँगै ब्युझिने उहाँ बारिमा पुग्नुहुन्छ । ठाटीकाँध गाउँपालिकाकै नमुना अगुवा कृषकका रुपमा समेत परिचित हुनुहुन्छ । बिहान भालेको डाकोसँगै ब्युझिएर बारीमा पुग्ने उहाँ बारीमा पुग्ने बित्तिकै आफुले लगायको तरकारी सुम्सुम्याउन थाल्छन् । गोडमेल गर्नुहुन्छ ।

आफुलाई जानकारी नभएको कुरा तुरुन्तै प्राबिधिकलाई सम्पर्क गरेर सोध्ने गर्नुहुन्छ । आवश्यक परेमा घरमै बोलाउनुहुन्छ । व्यवसायिक तरकारी खेतिमा होमिनुभएको उहाँमा व्यवसायिक तरकारी खेति गर्ने हुट्हुटि बढ्दै गएको उहाँ बताउनुहुन्छ । पहिले देखि नै मेरो इच्छा भनेको व्यवसायिक तरकारी खेति नै गर्ने हो,’ उहाँ भन्नुहुन्छ, ‘पहिले केही प्राबिधिक समस्या थिए । अहिले सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संचालित भएपश्चात् प्राबिधिक घरमै आएर विभिन्न तरिका सिकाउदा झनै व्यवसायिक तरकारी गर्ने हुटहुटि बढेर आएको छ ।

पहिले आफुलाई खानलाई मात्र लगाउने उहाँले गर्नुहुन्थ्यो । २०७१ सालबाट तरकारी खेति सुरु गर्नुभएको थियो । २०७७ बाट पक्कि टनेल सहित तरकारी गर्दै नमुना कृषकका रुपमा परिचित भएको उहाँको भनाई छ । उहाँले अहिले बारी टन्नै तरकारी फलाउनुभएको छ ।

आफुलाई तरकारी उत्पादन गर्न सहज भएको तर,बजारको असहज भएको थापाको भनाई छ । पहिले प्राबिधिक समस्या थियो । आफुले लगायको तरकारीको अनुगमन गर्दिने कोही थिएनन् । पालिकाका कर्मचारी आउदैनथिए । सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संचालन भएपश्चात् प्राबिधिकको प्रत्यक्ष सल्लाह सुझासँगै विभिन्न कृषि सामग्रि पाएका छौँ ।’

पहिले कृषि प्राबिधिक नहुँदा निकै अन्यौल हुने गथ्यो उहाँले भन्नुभयो,’अहिले प्राबिधिक साथमै हुँदा सहज भएको छ । बाहिरको रासायनिक मलको प्रायोग घरेका छैनौँ । घरेलु विषादी बनाएर प्रत्यक्ष रुपमा सिकेर गरेका छौँ । सोसेक नेपालले प्राबिधिक पठाएपछि निकै सहज भएको उहाँको भनाई छ ।

पहिले प्राबिधिक साथमा नहुँदा तरकारीमा कुन रोग लाग्यो भनेर जानकारी समेत हुँदैन थियो । तरकारी बारीमै कुहिएर खेर जान्थ्यो । अहिले प्राबिधिक साथमै हुँदा त्यो समस्या हटेको उहाँ बताउनुहुन्छ । अहिले आफुहरुले लगायको तरकारी कुहिने समस्या छैन,’उहाँले भन्नुभयो, ‘अहिले प्राबिधिक बारीमै पुगेर विभिन्न सल्लाह दिनुभएको छ । जस्ले गर्दा तरकारी कुहिने समस्या हटेर तरकारी उतपादनमा वृद्धि भएको छ ।

सोसेकको साथ पाएपछि व्यवसायि तरकारी व्यवसायमा बढ्दो आर्कषण 

गणेश थापा एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा ठाटीकाँधमा सहकार्य परियोजना संचालनपश्चात् पालिकाका ६ वटै वडाहरुमा व्यवसायिक कृषि खेति गर्नेको आकर्षण बढेको कृषि प्राबिधिक भुपेन्द्र सिजापति बताउनुहुन्छ । पहिले प्राबिधिकको समस्या थियो अहिले प्राबिधिकका रुपमा कृषिकका समस्या सुन्न र प्रत्यक्ष देख्न म बारीमै पुग्ने गर्छु जस्ले गर्दा कृर्षकलाई तरकारी उत्पादनमा सहज भएको छ ।

गणेश थापा जस्तै अर्का कृर्षक हुनुहुन्छ ठाटीकाँध गाउँपालिका ६ थापाटोलका भद्रा थापा । उहाँ पनि व्यवसायिक तरकारी खेतिमा होमिनुभएको छ । पहिले आफ्ना साना साना इच्छा आकाङ्छा पुरा गर्न श्रीमानसँग भर पर्ने उहाँ अहिले आफ्नै कमाइले आफ्ना इच्छा आकाङ्छा सहजै पुर्ति हुने गरेको र श्रीमानको भरपर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ । पहिले साना साना इच्छा पुरा गर्नको लागि श्रीमानसँग पैसा माग्नुपर्ने, श्रीमानकै भर पर्नुपर्ने अवस्था थियो त्यो समय परिर्वतन भएको छ,’उहाँले भन्नुभयो,‘अहिले श्रीमानको भरपर्नुपर्ने अवस्था छैन । आफै तरकारी उत्पादन गर्छु । आफै बजारमा बेच्न लैजान्छु पैसा आफैसँग हुन्छ ।’
भद्रा थापाले च्याउसँगै फर्सि, सिमि, काक्रा लगायतका सिजन अनुसारका तरकारी लगाउनुभएको छ ।
पहिले बिउबिजन पाइदैनथियो अहिले बिउ पायौ च्याउ खेती पनि राम्णे फलायाका छौँ । पहिले आफुले खाने मात्र लगाएका थियौ । अहिले सोसेकले सहयोग गरेपश्चात् व्यवसायिक रुपमा नै सुरु गरेका छौँ । उबेला एकन बेलो घरमा डोब्दा छियाौँ अहिले सोसेकले विभिन्न सामग्रि दियो प्राबिधिक दियो अहिले व्यवसायिक तरकारी गर्न सहज भएको छ । टयाम टयाममा प्राबिधिक आएर सिकाउनुहुन्छ । तरकारी पनि फलाएका छौँ । मासिक आठदश हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
पहिले थोरै लागउथ्यौ लगाउने तरिका थाह थिएन अहिले धेरै लगाउछौ लगाउने तरिका पनि थाहा छ र बजारमा पनि बेच्ने गरेको थापा बताउनुहुन्छ ।

बजारको समस्या

बजार नजिकै छ । बजारमा खपत कम हुने भएकाले तरकारी बजारिकराणको समस्या भएको छ । बजारमा खपत नहुदा धेरै दिनसम्म राख्नुपर्ने अवस्था रहेको छ ।

एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संचालन भएपश्चात् कृर्षकलाई राहत भएको स्थानीय बताउँछन् । यति निकटको पालिका भएर पालिकाका कृषितर्फका कर्मचारी दिनभर अफिसमा बसेका हुन्छन् जस्ले कृर्षकको बारीमा पुग्नुपर्ने हो तर,त्यसो हुन सकेको छैन । अहिले सहकार्य परियोजना संचालन पश्चात् धेरै कृर्षकको मनमा आशा पलाएको देख्न सकिन्छ । सहकार्य परियोजना संचालनपश्चात् टनेल लगायत विभिन्न कृषि सामग्रि सहयोग पश्चात् पहिले सामान्य रुपमा तरकारी खेति गर्नेहरु व्यवसायिक तरकारी खेति गर्न थालेका छन् भने अन्य कृषकहरु योजना बनाउदै छन् । सहकार्य परियोजना संचालन भएपश्चात् सहकार्य परियोजना कृषि प्राबिधिक भुपेन्द्र सिजापति बिहान देखि साँझसम्म कृर्षकै बारीमा देखिनुहुन्छ । कृर्षकका समस्या, समस्या समाधानको उपाएसमेत बोकेर कृर्षकको बारीमा पुगेर समाधान गर्ने उहाँ बताउनुहुन्छ ।

टनेल बिउबिजन, सिंचाइको लागि पाइप, जैविक विषादी बनाउ ड्म, टयांकी, हजारी लगायतका सामाग्रिहरु बितरण गरिएको सिजापतिले बताउनुभयो ।

कालिका ताजा तरकारी कृषक समुह गठन गरेको छ । उहाँहरुले बैठक बसेर ५० रुपैया बजत गर्नुहुन्छ । समुहमा निर्णय अनुसार अगाडी बढ्ने गरेको पाइएको छ । १,२ र ६ नम्बरमा धेरै व्यवसायिक रुपमा लाग्नुभएको छ । अन्य वडामा पनि आर्कषण बढ्दो रहेको छ ।

 

प्रतिक्रिया