चमत्कार गरिछाड्छौं भन्थे,चमत्कार नै भयो ।

चमत्कार गरिछाड्छौं भन्थे,चमत्कार नै भयो ।

सिंहदरबारको अधिकार घरघरमा “सम्म त ठिकै हो । 

तर “वडा अध्यक्षको छाप कार्यकर्ताको गोजीमा “भनेको त हदै भएन र ?

विहिवार अपरान्ह तिर म दुल्लु नगरपालिकाको रातामाटाबाट ओरालो झर्दै थिए । मोबाइलको घण्टी बज्यो बाइक रोकेर फोन उठाइहाले । फोन महाबुगाउँपालिका वडा नं. १ खरिगैरा निवासी ढाल बहादुर रावलको रहेछ । फोनमा दुबैले सामान्य शिष्टाचार गरेपछि, उहाँले भन्नुभयो भाई भोली बजार जाने कि भनेको नहुने भयो । मैले भने किन दाई ? उहाँका अनुसार जिल्ला सदरमुकाममा गई गर्नुपर्ने कामको लागि वडा कार्यालयबाट सिफारिस लिनु पर्ने रहेछ ।
जसको लागि वडा कार्यालय पुगेर सिपारिसको उपलब्ध गराइदिन वडा सचिवलाई आग्रह गर्नुभएछ । त्यसपछि जनताको माग अनुसार वडा सचिवले तत्काल सिफारिस तयार गर्नु भएछ । सिफारिसमा दस्तखत भएछ र अछापे सिफारिस उपलब्ध गराइएछ । हातमा आएको सिफारिसमा रावल जीको नजर गएछ र छाप छुटेको देखेपछि लगाईदिन आग्रह गर्नु भएछ । त्यसपछि वडा कार्यालयमा खैलाबैला नै भएछ । छलफल गर्दै जाँदा वडाका कर्मचारी लगाएत जनप्रतिनिधिको जवाफ आएछ । के गर्नु हजुर वडा अध्यक्षको छाप त जय बहादुर सेनले लिएर गाउँपालिका जानू भएको छ । सिफारिसमा छाप नै चहिने भए भोली सेन जी आए पछि लगाएर लैजानु । वडा अध्यक्षका छाप वडा अध्यक्षको कार्यकर्ताले बोलेर हिडेकोले भोली जिल्ला सदरमुका जान नसक्ने कुराको जानकारी दिई मलाई समेत दुःख नपाउन आग्रह गर्दै फोन गर्नु भएको रहेछ ।
सम्बाद सकियो फोन राखियो । मोटर बाइक अगाडि बढाइयो तर बाटो भरी केही प्रश्नहरूले उत्तर खोजीरहे ।
१. वडा कार्यालयले सेवाग्राहीलाई हतार हतारमा किन अछापे सिफारिस दिन खोज्यो ?
२.छापको कुरा आउँदा कार्यालयमै नभएको छापलाई किन खोजेको र नभेटाएको बाहाना गरियो ?
३.खोजेर नभेटाएको छाप फेरि जयबहादुर सेनले गाउँपालिका लगेर गएको तर भोली ल्याइहाल्ने भनेर एकीनका साथ कसरी भनियो ?
४.निर्वाचित प्रतिनिधिको छाप अरुले प्रयोग गर्दा हुने कानुनी जटिलता र संवेदनशीलताको स्तर के कति होला ?
५.कार्यकर्तालाई छाप दिनै पर्ने वडा अध्यक्षको बाध्यता हो या कार्यकर्तालाई छाप बहादुर बनाएरै नङ्ग्याउने वडाअध्यक्षको चाल थियो ?
७. कतिदिन देखि कुन–कुन काममा छापको दुरुपयोग भइरहेको होला ?
८.छापको दुरुपयोग भए नभएको छानबिन कार्बाही गर्ने कुनै निकाय होला कि नहोला ?
९.कस्तो अवस्थामा यो छाप धुम्न जान्छ होला ?
१०.छाप लिएर वा दिएर कुनकुन चमत्कार गरिएछ ?
११.छापको प्रयोगले गरेका चमत्कारको रहस्य जनता सामु आउला कि नआउला ?
१२. माघ ८ गते छापको दुरुपयोग गरि गा.पा.मा पेश गरिएका कागजात माध ९ गते कति जना गएर सच्याउलान् या तिनै कागजातले आधिकारिकता पाउलान ?
१३.छाप लिने र दिनेले नैतिकरुपमा जनता सामु आफुले गरेको अपराध स्विकार्लान् कि नस्विकार्लान् ?

लेखक विश्व उपभोक्ता महासंघ नेपाल दैलेख शाखाका सदस्य हुन् ।

प्रतिक्रिया