प्रदेश नं ६ का सम्भावना र प्रदेश सरकारको दायित्व
मुलुकले संघियताको अभ्यास थाले पछि व्यापक संघर्ष र आन्दोलनको नतिजा स्वरुप बर्तमान ६ नं प्रदेशको जन्म भयो । अहिले आएर प्रादेशिक निर्वाचन पनि सपन्न भैसकेको छ । आफ्नै संसद बनेको छ र कुनै भबितब्य नपरेमा यो महिना भित्रै प्रादेशिक सरकार पनि बन्दै छ । बिकसित राजनीतिक घटनाक्रमले देखाए अनुसार हुँदा माआवादीको नेतृत्वमा पाँच जना एमाले र तीन जना एमाओबादी सम्मिलित सरकार हुने देखिन्छ ।
अहिले कर्णाली अञ्चल मिसिएर बनेको सात प्रदेश मध्ये सबैभन्दा गरीब प्रदेश भनेर मानिएको, कसैलाई हेप्नु परेमा कस्तो जुम्ली जस्तो रहेछ भनेर खिसी गर्ने गरिएको जुम्ला यहाका मुख्य ठाउँहरु मध्ये एक भएको, बौद्दिक भनिएका व्यक्तिहरुद्वारा मानब बिकास सुचकांकमा सबै भन्दा पछि परेको भनेर बयान गरिने, बिकटताको उपमा दिनु परेमा कर्णाली जस्तो भनेर दिने गरिएको, यहाँका नेताहरुद्वारा हाम्रो मात्रै प्रदेशको सिमाना भारतसंग जोडिएन भएर गुनासो गर्ने गरिएको, ठुलो ठाउँमा पहुँच नभएको र बदमासी गर्न नसक्ने सोझा कर्मचारीहरुलाईहरुलाई दुख वा सजाय दिनु परेमा पठाउने ठाउ आदि आदि रुपमा चिनिएको प्रदेश नै देशको सबै भन्दा सम्पन्न प्रदेश हुन सक्छ भनेर भन्दा मानिसहरुलाई ब्यङ्ग गरे जस्तो लाग्न सक्छ । तर सांचिकै संघियताको मर्म अनुसार आफुलाई प्राप्त अधिकारको प्रयोग गर्दै यहाँको सरकारले यस प्रदेश बासीलाई कुशल नेतृत्व दिन सक्ने हो भने अबको ५ वर्षमा यो प्रदेश अन्य ६ वटा प्रदेशहरुको औसतमा अउनेछ भने आगामी १५ वर्षमा नेपालकै सबै भन्दा समुन्नत प्रदेश बन्न सक्छ र यो एशियाका बिकासमा औषत देशहरु जस्तै थाईलेन्ड, मलेशिया, फिलिपिन्सको हाराहारीमा पुग्न सक्दछ ।
तर यो सबै यस प्रदेशमा बन्ने सरकारको प्रदेश संचालन गर्न सक्ने खुबिमा निर्भर गर्दछ । यसको लागि आफ्नो प्रतिबद्दता ब्यक्त गर्दै सोहि अनुसार बिकास निर्माणलाई अगाडी बढाउने हो भने आगामी १५ वर्ष पछि सामान्यज्ञानका किताबहरुमा देशको सात वटा प्रदेशहरु मध्ये आय स्तर सबै भन्दा उच्च र मानब बिकास सूचकांकमा सबै भन्दा माथि भएको प्रदेश प्रदेश नं ६ हो ‘‘ भनेर लेख्न सकिने छ , पढ्न पाईने छ ।
यसका लागि प्रदेशको सरकारले एउटा महत्वाकांछी योजना बनाएर सम्पूर्ण राजनैतिक सामाजिक पक्ष्य हरुलाई समेट्दै व्यापक अभियानको रुपमा अगाडी बढाउनु पर्छ र सो अभियानलाई गैह्र सरकारी क्षेत्र, नागरिक समाज, बुद्दिजिबि, राजनीतिक कर्मीहरुले व्यापक रुपमा आलोचनात्मक ढंगले सो अभियानलाई टेवा पुर्याउनु पर्छ ।
सर्बप्रथम राम्रा योजना बनाइएको र त्यसलाई सबैले इमान्दारी पुर्बक क्रियान्वयन गरेको खण्डमा कसरि यो प्रदेश आगामी १५ बर्षमा देशकै नमुना र अग्रणी प्रदेश बन्न सक्दछ भन्ने कुराको अधार के हो भन्ने प्रश्न उठ्न सक्दछ । यसका आधारहरु यस प्रकार छन ।
१.जडिबुटी – नेपालले ठुला उद्योग धन्दा संचालन गरेर विश्वबजारमा आफ्ना सामाग्री बेच्ने अनि बिदेशी मुद्रा आर्जन गरेर धनी हुने भन्ने कुरा सम्भब छैन । तसर्थ बिदेशी मुद्रा आर्जन गर्ने र आफ्नो आम्दानि बढाउन जडिबुटी पहिलो भरपर्दो श्रोत हो । जडिबुटीको लागि नेपालको सबै भन्दा धनी प्रदेश कर्णाली नै हो , यसको सहि उपयोग हुन सकेमा नेपालले गर्ने निर्यात ब्यापारमा सबै भन्दा ठुलो हिस्सा यसै प्रदेशको हुनेछ ।
२.जलश्रोत – जलश्रोतमा सबै भन्दा धनी यस प्रदेशबाट बहने कर्णाली नदी र यसका शाखाहरु तथा भेरी नदीबाट मात्रै सम्भब भएका ठाउँबाट बिद्युत उत्पादन गर्ने र आफ्नो प्रदेशको उपभोगको लागि खर्च गरेर बाँकी बिद्युत राष्ट्रिय र ।अन्तराष्ट्रिय बजारमा बिक्रि गर्ने हो भने यो प्रदेशको कायापलट हुने छ ।
३. पर्यटन – नेपालमा कुनै पनि स्वदेशी र बिदेशी पर्यटक हाम्रोमा ठुला ठुला होटेलमा बस्न , जलबिहार गर्न , क्यशिनोमा जुवा खेल्न आउन्दैनन । यदि कोहि आउँछ भने यहाको प्राकृतिक बाताबरणमा रम्न , बनजंगलको बिहार गर्न, हिमाल र पर्बतको अबलोकन र आरोहण गर्न , यहाको कला र संकृतिको अबलोकन गर्न र तिर्थ यात्रा गरि मन शान्त गर्न र अध्ययन अनुशन्धान गरि आफ्नो ज्ञानको दयारा फराकिलो बनाउन अनि आफ्नो मनलाई केहि दिन भए पनि बहलाउन आउँछ । यो भरातका झन्डै १ अरब हिन्दुहरुको एक प्रमुख तिर्थस्थल तिब्बतको मानसरोबर हो र सो सरोबर जाने यात्रा मार्ग यसै प्रदेश भएर जान्छ । सो तिर्थस्थल जानको लागि सबै भन्दा उपयुक्त मार्ग नेपालगंजबाट हुम्ला हुँदै हिल्सा नाका भएर जाने हो र यस मार्गबाट मानसरोबर जाने यात्रीले कसेकम १० ÷१५ दिन यो प्रदेशमा बिताउनु पर्ने हुन्छ । यो मार्गमा यातायात, बसोबास र खानपिनकोको राम्रो ब्यबस्था, सुरक्ष्याको राम्रो प्रबन्ध , स्वास्थ्योपचारको राम्रो सुनिश्चितता हुँदा बितिक्कै भारतबाट करोडौं तीर्थयात्री यहि बाटो हिड्ने छन् ।
भाषा, संकृति र इतिहासविदहरुलाई यहाका सिंजा, दैलेख, दुल्लुजस्ता ठाउँहरुको भाषा सस्कृतिको अध्ययन गर्ने मानिसहरुलाई आकर्षित गर्न सकिने र सो किसिमको पर्यट को बिकास गर्न सकिने सम्भाबना प्रचुर छ ।
यस्तै युरोप, अमेरिका र अन्य बिकसित देशका पर्यटकहरुलाई रारा र फोक्सुन्दो तालको दृश्याबलोकन, यहाँका नदीहरुमा जल यात्रा र पहाडहरुमा पदयात्राको लागि तान्न सकिन्छ । यस्तै नेपालमै आफ्नै बुद्धिस्ट सर्किट बनाएर सुर्खेतको काक्रेबिहारलार्ई त्यसमा पार्न सकियो भने जापान, चिन, थाइलैंड, भियतनामजस्ता मुलुकहरुबाट करोडौं बौद्धमार्गी धार्मिक पर्यटकलाई तान्न सकिन्छ । दैलेखको पुरातात्विक सम्पदा र प्राकृतिक ज्वालाहरु , जुम्लाको रैथाने उत्पादनको भोजन , डोल्पाका हिमाली बस्ति गुम्बाहरुको अध्ययन भ्रमण जस्ता कुराहरुलाई समेटेर पर्यटन गुरुयोजना बनाइ लागु गर्न सके यहाको पर्यटन बिकासमा कायापलट हुने छ ।,
सो अभियानलाइ तत्कालिन (१ बर्षे) , मध्यकालिन (५ बर्षे) र दिर्घ कालिन (१५ बर्षे) योजनामा विभक्त गर्नु पर्छ ।
तत्कालिन र मध्यकालीन योजनालाई यहि सरकारले कार्यन्वयन गर्ने छ भने यहि सरकारले बनाएको दिर्घकालिन योजनालाई आगामी ५ र १० वर्षमा निर्वाचित हुने सरकारले यस योजनाको मूल भाबमा परिवर्तन न आउने गरि क्रियान्वयन गर्नु पर्छ ।
उद्योग धन्दाको बिकास गर्न आबश्यक खनिज उत्पादन गर्न सकेमा पनि आय आर्जनको साथै उद्योग धन्दाको बिस्तार र प्रबर्धन हुने छ ।
४ मध्य पहाडी राजमार्ग, हिल्सा, सिमकोट मार्ग , मुगुबाट तिब्बत पस्ने र डोल्पाबाट तिब्बत पस्ने मार्ग
उद्योग धन्दाको र भाडा ब्यापारको बिकास को लागि यस प्रदेशका तीन वटा जिल्ला पार गर्दै जाने मध्यपहाडी राजमार्ग को निर्माण कार्य सम्पन्न सहायक सिद्द हुने छ । पहाडी भेगका उत्पादन लाइ बजार सम्म पुर्याउन, जताताका दैनिक आबश्यकता का बस्तु हरुको आपूर्ति गर्न र पर्यटक हरुलाई ओसार पोसार गर्न यस राजमार्ग को अत्यन्त ठुलो महत्व रहने छ ।
यस्तै हिल्सा हुँदै सिमकोट जाने तथा मुगु र डोल्पा बाट तिब्बत प्रवेश मार्ग बनाउन सक्दा बित्तिकै ६ नं प्रदेश को सोझो सम्पर्क तिब्बतलाई बेइजिङ्ग सम्म जोड्ने बिशाल राजमार्ग सम्म हुने छ, जसले गर्दा यस प्रदेश बाट उत्पादन हुने समान बिशेष गरि यार्शागुम्बा ले बिशाल चिनिया बजारमा सोझै प्रवेश पाउने छ ।र चिनिया पर्यटक हरु नेपाल आउने सम्भाना बढ्ने छ ।
५. पानी बिक्रि – जलबायु परिवर्तनले गर्दा संसार भर स्वछ् पानीको अभाब र माग बढ्दै गएको छ र हामीले कर्णालीको चिसो कन्चन पानी संसारको विभिन्न बजारमा पुर्युना सक्दा यसले राम्रो बजार पाउन सक्छ । २०२२ मा कतारमा विश्व कप फुटबलको बेला कतारमा संसारभरबाट कतार आउने मानिसहरुलाई अरबौं लिटर स्वक्षा पानीको माग हुने छ र हामीले त्यो माग पूर्ति गर्न सकेमा हामीलाई अरबौं डलर आम्दानि हुने छ , जुन यहि प्रदेशमा ल्याउन सकिन्छ ।
६ प्रांगारिक खेति– अहिले सम्म कर्णाली भेगको अन्न बालीमा किटनाशक बिषादी र रासायनिक मल खासै प्रयोग नगरिएकोले यो उत्पादनलाइ वजारमा लान सकेमा प्रांगारिक खानाको खोजीमा बढ्दै गएको ठुलो उपभोक्ता बजारले प्रयोग रउपभोग गर्ने छ र यसले गर्दा साना किसानलाई जिबिका गर्न सहज हुनेछ ।भने प्रदेशको आन्तरिक आयमा पनि ठुलो टेवा पुग्ने छ ।
३ खानिज पदार्थ – ठूला ठूला पहाड उपत्यका खोचहरु रहेको यो प्रदेश्मा पर्याप्त खनिज पदार्थ हुन सक्ने अनुमान छ ।ठूला ठूला उद्योग धन्दाहरु बिकास गर्न सकिने र सो खनिजलाइ कच्चा पदार्थको रुपमा बिक्रि गरि आय आर्जन गर्न सकिन्छ ।
४.पशुपालन – भेडा च्यांग्रा जस्ता माशुजन्य पशु चौपायाको नेपालमा ठुलो माग छ र यो प्रदेश यसको लागि अत्यन्तै सम्भाबनायुक्त छ । स्थानियस्तरमा प्रबर्धन गर्न सकिने पशुपालनको अध्ययन गरि यो व्यवसायलाई बिस्तार गर्न सकेमा मुलुकको मासु बजारबाट यो प्रदेशले प्रदेशले प्रसस्त आम्दानि लिन सक्ने छ ।
यस प्रदेशमा सम्भाबनाहरु प्रचुर मात्रामा भए झैं समश्याहरु पनि त्यतिनै छन् ।
यस प्रदेशमा बिकासकालागि अथाह सम्भाबना हरु भए पनि शिक्षा स्वास्थ्य , च चुनौतिउका पहाडहरु पनि छन् र यिनलाई नाचिरिकन ति सम्भावनालाइ प्रयोग गर्न सकिन्न ।
१. शिक्षा र स्वास्थ्य जस्ता सामाजिक बिकासका सूचकहरुका सन्दर्भमा यस प्रदेशका सूचकहरु अन्य प्रदेश भन्दा कम्जोर छन् । भौगोलिक विकटता , अन्धबिश्वाश , धामी झाँक्रीलाइ बिश्वाश गर्ने र स्वास्थ्य सुबिधा लिन नजाने र जान नसक्ने जनताको संख्या ठुलो छ । छाउपडी , बाल बिबाह जस्ता कुरीतिहरु बाँकी छन् । यहाका बाल तथा मातृ मृत्यु दर , कुपोषणर्द र रुग्नतार्द उच्च छ भने औसत आयु अन्य प्रदेशमा भन्दा कम छ । यहाको समाजमा रक्सि र तास जस्ता कुप्रथाहरु व्यापक छन् ।
२ .भौगोलिक विकटता स् यस प्रदेश भौगोलिक रुपमा अन्य सबै भन्दा बिकट छ । दुर्गंमता यहाको परिचय हो । सबै गाउहरुलाइ सडक संजालसंग जोड्न अझै बाँकी छ । कर्णालीमा अझै तुइनबाट तर्नु पर्ने बाध्यता छ । बिद्यार्थीहरु बिदयालय जानको लागि घन्टौं हिड्नु पर्ने बाध्यता छ । अत्याबश्यक समान को ढुवानी , आकष्मिक बिरामीहरुको स्थानतरण आदि कामको लागि ठुलो समस्या छ ।
३.यहाँका धेरै गाउँ बस्तीलाई विद्युतीकरण गर्न बाँकी छ ।टेलिफोनका टावरहरु स्थापना गर्न र संचार सम्पर्कलाई भरपर्दो बनाउन अझै बाकि छ ।
४. याहाका पहाडहरुमा भएका सम्भावित खानिहरुको अन्वेषण गर्न बाँकी छ र यसको लागि ठुलो धनराशी आबश्यक पर्दछ ।
५. नेपालभर मै यस प्रदेशलाई बिकट प्रदेश भनेर चिनिने हुँदा उच्च शिक्षित भनिनेहरु , विज्ञहरु, बैज्ञानिक हरु आएर काम नगर्ने र यहाँ बस्न नरुचाउने समस्या छ , जसले गर्दा प्रदेशको बिकासको लागि आबश्यक उच्च दक्ष्य जशाक्तिको अभाब झेल्नु पर्ने देखिन्छ ।
६. यहाका उद्योग धन्दा र बन्द ब्यापार हालसम्म कम्जोर भएकोले आन्तरिक राजश्व परिचालन कम्जोर छ , जसले गर्दा बिकास निर्माणमा श्रोत जुताउन कठिनाइ पर्दछ ।
७. जलबिद्युतको अथाह सम्भाबना भए पनि निर्माण सम्पन्न भै उत्पादनमा आएका योजनाहरु नभएकोले यहाका अधिकांश गाउँहरु अन्धकार छन् । उद्योग धन्दा संचालनको लागि आवश्यक उर्जाको अभाब छ ।
८. उद्योग धन्दा र ब्यबसायहरुको कमिकोको कारण रोजगारीका अबसरहरूको कमि छ र यहाका लाखौँ युवाहरु बिदेशमा , खास गरि भारतमा निकृष्ट मौसमी रोजगारीको लागि जानु परेको छ ।
यी माथि उल्लेखित सम्भाबनाहरुलाई प्रयोग गरि उपयोगगर्नको लागि सरकारले केन्द्र सरकारको सहकार्य , सहमति र सहयोगमा निम्न तीन खालका योजना हरु पर्छ ।
तत्कालिन योजना – १ वर्षको लागि
१.यहाँको शिक्ष्या, कृषि, उद्योग पर्यटन, बन पैदाबर, बाणिज्य, भौतिक पुर्बधार, जलाशोत लगायत विभिन्न बिकास निर्माणको लागि दिर्घकालिन योजना तय गर्ने ।
२. तत्काल ठूला लगानी कर्ताको लागि बृहत नागरिक बिकास लगानी कोषु स्थापना गरेर प्रदेश नं ६ को बिकासको लागि लगानी गर्न देश भित्र र बाहिरका लगानी कर्ता हरुलाई आह्वान गर्ने ।साना बचतकर्ताको लागि नागरिक बचत लगानी कोषको स्थापना गरेर भारतमा मौसमी रोजगारीमा जानेहरुको कमाइ बचत गर्ने र राज्यका बिकासका काम जस्तै बिद्युत बिकासमा लगाउने ।
कृषि र पर्यटन को लागि गुरु योजना तयार गर्ने ।
३. बिपन्न परिवारहरुको पहिचान गरि उनीहरुका सन्ततिहरुलाई तत्काल छात्रवृत्तिको ब्यबस्था गर्ने र उनीहरुलाई कार्ड को ब्यबस्था गरेर निह्शुल्का उपचार को ग्यारेन्टी गर्ने ।
४.हरेक सास्थ्य संस्थामा तत्काल दर्व्न्दी अनुसार स्वास्थ्यकर्मी र औषधि उपकरण आपूर्ति गर्ने , क्याम्प हरु चलाउने ।
५. हरेक स्थानिय तहका लागि एउटा एम्बुलेन्सको ब्यबस्था गर्ने ।
६. प्रदेशको लागि आबश्यक दक्ष्य जनशक्ति आपूर्ति गर्न एउटा प्रदेश स्वयंसेवक दल को स्थापना गरि देश बिदेशका दक्ष्य व्यक्तिहरुलाई यस प्रदेशमा केहि निश्चित समय स्वयम् सेवा गर्न अपिल गर्ने , उनीहरुलाई आउने जाने र खाने बस्ने ब्यबस्था गरि विभिन्न आयोजनामा काम लगाउने ।
मध्यमकालीन योजना – ५ वर्षको लागि
१. मध्य पश्चिम बिश्वबिद्यालयमा आबश्यक सम्पूर्ण फ्याकल्टी स्थापना गर्ने ।
२. जुम्लामा मेडिकल कलेजको स्तरोन्नति गर्ने ।
३. एउटा आयुर्बेद कलेज र अनुशन्धान केन्द्र स्थ्गपना गर्ने ।
४. एउटा बहु प्राबिधिक शिक्ष्यालय स्थापना गर्ने ।
५. यहाका हरेक गाउँ बस्तीको लागि आबश्यक बिद्युत उत्पादनको लागि साना मझयौला जलबिद्युत आयोजनाद्वारा हरेक घरमा बिद्युत पुर्याउने , बिक्रि र उद्योगको लागि आबश्यक विद्युत्को लागि हरेक नदी हरुमा ठूला जल बिद्युत आयोजना शुरु गर्ने ।
६. एउटा कला संस्कृति प्रतिष्ठान बनाएर याहाका संस्कृति सम्पदाको अध्ययन अनुशंशान गर्न लगाउने ।
७. हरेक जिल्लामा एउटा टेलिमेडिसिन उपचार केन्द्र स्थापना र संचालन गर्ने ।
८. ५ वर्षा भित्र निरक्ष्य्ररता उन्मुलन गर्ने अभियान चलाउने ।
९. ५ वर्ष भित्र कुपोषण , मातृ मृत्यु र बाल मृत्युलाइ निर्मुल गर्ने कार्यक्रम लाई कार्यन्वयन गर्ने ।
१०. हरेक घर एक रोजगार , हरेक घर एक ब्यबसाय , हरेक गाउँ एक उद्योग , हरेक जिल्ला एक खानी , हरेक गाउँ एक उत्पादन जस्ता कार्यकर्म लकाई कार्यन्वयन गर्ने ।
११. सिमकोट हिल्सा जोड्ने , सदरमुकामहरु जोड्ने र स्थानिय तहरुलाई जोड्ने पक्कि बाटो पुर्याउने।
१२. हरेक घरमा बिद्युत पुर्याउने ।
दीर्घकालीन योजना – १५ वर्षको लागि
१. सुर्खेतको विमानस्थललाई स्तरोन्नति गरि कम्तिमा मझयौला जहाज उड्न सक्ने बनाउने ।
२. हरेक गाउँ नगरपालिकाका हरेक वार्डहरुमा बाह्रै महिना गाडी चल्ने पक्कि बाटो पुर्याउने ।
३. मुगु र डोल्पालाई तिब्बत तर्फको राजमार्गसंग जोड्ने ।
३. कर्णालीका हरेक सम्भावित स्थानहरुमा बिद्युत आयोजना सम्पन्न गर्ने र अन्तरास्ट्रिय बजारमा सो बिद्युत बिक्रि गर्ने ।
४. कर्णालीको यार्षा गुम्बा र अन्य जडिबुटी प्रशोधन गरि अन्तर राष्ट्रिय बजारमा पुर्याउने ।
५. कर्णालीमा ¥याफ्टिंग ब्यबसाय शुरु गर्ने ।
६. कर्णालीको स्याउ, मासु र उनि अन्तराष्ट्रिय बजारमा पुर्याउने ।
७. प्रदेश नं ६ लाइ खाद्यान्न, तरकारी, फलफुल, दुध र मासु मा मा आत्मनिर्भर बनाउने ।
८. सुर्खेतमा एउटा सुबिधासम्पन्न अस्पताल, मेडिकल कलेज र अनुशास्न्धान केन्द्र, क्यान्सर मुटु जस्ता रोगको लागि बिशिस्ट उपचार केन्द्र स्थापना गर्ने ।
९. प्रदेश नं ६ को आफ्नै टेलिभिजन स्टेसन, फिल्म सिटी, कला संग्रहालय आदि स्थापना गर्ने ।
१०. प्रदेशको कुनै उपयुक्त स्थानमा एउटा बृहत औद्योगिक ग्राम स्थापना गर्ने ।
माथि उल्लेखित कार्यक्रम लागु गर्न को लागि प्रदेश सरकारले नमुना बन्दै इमान्दारिपुर्बक सबैलाई साथ् लिएर अगाढी बढ्ने प्रतिबद्दता ब्यक्त गर्नु पर्दछ । भ्रस्टाचार, घुसखोरी कमिशन खोरी, नाताबाद, क्रिपाबादले जरो गाडेको हाम्रो समाज, कर्मचारीतन्त्र सबैलाई सहि बाटोमा ल्याउँदै प्रदेशको बिकासमा लगाउनु पक्कै पनि चुनौती पूर्ण छ । यसको लागि सरकारमा बस्नेहरुले आफ्नो इमान्दारी , समर्पण र इछ्या शक्तिको प्रदर्शन गर्न सक्नु पर्दछ । सत्ताको दम्भ नदेखाई सबै राजनीतिक दलहरुको बिस्वाश जितेर दृढतापुर्बक अगाडी बढ्नु पर्छ ।नत्र भने राज्यबाट ठगिएका जनता माथि पुनस् एक पटक घात हुनेछ ।
प्रतिक्रिया