दीपा बोहोरा-एउटी नमुना उपमेयर

दीपा बोहोरा-एउटी नमुना उपमेयर

रामहरि अधिकारी

जागिरका दौरान देशका कुना कुनामा पुग्दा कहिले काही अत्यन्तै सह्रानीय काम गर्ने व्यक्तिहरुलाई भेट्न र साथि बनाउन पाइन्छ । कुनै युवाले देशका लागि र समाजका लागि केहि गरौँ भनेर दत्त चित्त भएर लागेको देखे भने त्यसको पार्टी कुन हो, जात कुन हो, कुन भाषा बोल्छ र कुन धर्म मान्छ भन्ने कुराको सरोकार नराखी खुलेर सहयोग र समर्थन गर्न मन लाग्छ ।
यसै क्रममा काठमान्डौ बाट बेलायत, अमेरिका र खाडी मुलुक भन्दा पनि टाढा (जान लाग्ने समय र संचार सम्पर्कको हिसाबमा ) रहेको । हामि टाठा बाठा तथा बुद्दिजिबि नीति निर्माताहरुले समेत देखेको नदेखे झैं गरेको दैलेखको पनि दुर्गम भेग आठवीस नगरपालिकाकी युबा उप–मेयर दिपा बोहोरासंग भेटघाट चिनजान र सहकार्य तथा मित्रता गर्ने अवसर पाइयो ।
३७ बर्षकी यी यु्वा उपमेयरको हरेक जनताको दुख संग साक्षत्कार हुने, महिला, एचआइभी पिडित, दलित, मानसिक समस्याले ग्रस्त व्यक्ति,पाठेघर खसेका महिला, दीर्घरोग लागेका महिला पुरुषहरुको समस्याका लागि आफ्नो पदिय घमण्ड नगरिकन लाग्ने, कोहि सहयोग गर्न सक्ने व्यक्ति भेटे सहयोगको लागि याचना गरि हाल्ने उनको स्वभावले मलाई धेरै प्रभावित बनायो ।
उनको मनमा आफ्नो कार्यकाल भित्रै मध्य पहाडि राजमार्गमा बन्ने परिकल्पना गरिएका दश शहर मध्ये एक राकम कर्णाली पनि पर्ने आफ्नो सहरउन्मुख नगरपालिका आठबिसका केहि दुरगामी योजनाहरु छन् ।
उनि आफ्नो नगरपालिकाभित्र एउटा सुबिधा सम्पन्न अस्पताल बनाउन चाहन्छिन । आफ्नो ठाउँमा कुपोषित बालबालिका देखेर आफ्नो ठाउँमा एउटा पोषण पूनस्थापना केन्द्र बनोस भन्ने उनको चाहना छ । महिलाहरुको पाठेघर खस्ने समस्याले चिन्तित हुँदै “सर लौन एउटा निशुल्क क्याम्प राखौं न ” भन्छिन । आफ्नो गाउँ ठाउँका बिरामीहरु समयमा सुबिधा सम्पन्न अस्पताल भएको १३० किलोमीटर टाढाको सुर्खेत र २३० किलोमीटर टाढाको नेपालगंज लान समयमा एम्बुलेन्स पाउन नसक्दा विरामी अस्पतालमा समयमै नपुगेर मरेको घटनाले यिनलाई पोल्छ र “सर हाम्रो नगपालिकामा दुई ओटा एम्बुलेन्स ल्याउन पाए कति जाति हुन्थ्यो ” भन्छिन । भर्खर सानो बजार बन्दै गरेको गाउँ नगरपालिका भए पनि राजश्व कम छ र चाहेका सबै काम गर्न सकिदैन, फेरि आधा भन्दा बढी सिट उनका बिपक्षी पार्टीको हातमा पुगेकाले आफूले चाहेका निर्णय सहजै गर्न पनि सक्दिनन् ।

 

दिपा बोहोरा/उपप्रमुख आठविस नगरपालिका, दैलेख

तसर्थ उनि काठमाण्डौबाट त्यहाँ पुग्ने जो कोहिलाइ पनि त्यहाँका समस्या प्रस्तुत गर्दै उनको भाबी योजना सुनाउँछिन र सहोयोगको लागि याचना गरि हाल्छिन । उपमेयर हुनु भन्दा अगाडी विभिन्न सामाजिक संघ संस्थामा काम गरेको हुनाले उनले बिकासको कुरा राम्रोसंग बुझेकी छन् ।
“ शिक्ष्या, स्वास्थ्य र जनताको चेतना स्तर नउठे सम्म बिकासको ढोका खुल्दैन” भन्दै शिक्ष्या स्वास्थ्यमा लगानी बढाउने योजना ल्याउँदा ’ बिकास भनेको बाटो र बिजुली मात्र हो भन्ने बुझेका आफ्नै पार्टीका सदस्यहरुले पनि राम्रोसंग सहयोग नगरेको दुखेसो उनि पोख्छिन । तर उनले हिम्मत हरेकी छैनन ।
भन्छिन , “मलाई जनताले ५ बर्षको म्याद दिएका छन् जुन अझै पुरा ४ वर्ष बाँकी छ र म यो अबधिमा स्वास्थ्य र शिक्षा बिकासको लागि एउटा दिर्घकालिन योजना शुरुवात गरेरै छोड्छु ।”.
उनी आफ्नो गाउँ ठाउँमा कुनै बिपन्न परिवारको व्यक्तिले उपचार पाउन नसक्दा द्रवित हुन्छिन । भर्खरै “एक जना बिपन्न दलित परिवारको बच्चाको स्नायु (्न्यूरो) सम्बन्धि रोगको उपचारको लागि उपचार गर्न दिल्ली लैजानु पर्ने भयो र र त्यसको लागि रु दश लाख लाग्छ भनेर डाक्टरले भनेका छन्, यस मध्ये ८ लाख जुटाई सकियो । अब दुई लाख उठाउन पाए त उक्त बच्चाको उपचार हुने थियो र उ बाँच्ने थियो, लौन सहयोग जुटाई दिनु पर्यो । उनि भन्दै थिइन् ।
यिनले एकदिन उत्साहित हुँदै मलाई सुनाइन, सर हाम्रो नगरमा पनि एउटा राम्रो हस्पिटल बन्ने योजना पास भयो, र मबाट योजना निर्माण को लागि सहयोगको अपेक्षा गरिन । अस्पताल ब्यबस्थापन मेरो प्राज्ञिक अध्ययनको क्षेत्र भएकोले मैले व्यक्तिगत तवरमै भए पनि सहयोग गर्ने कुरामा उनलाई बिश्वस्त गराए ।
अहिले यो लेख लेख्दा लेख्दै दीपाको नगरपालिकामा उनैको पहलमा स्वास्थ्य क्षेत्रको एउटा गुरु योजना बन्न लागिरहेको छ जसमा एउटा ५० शैयाको अस्पातलको पनि योजना छ ।.
यो बजार र यसको वरिपरिको गाउँ नगरपालिका भए पनि यहा कतै पनि बत्ति छैन । यहाँको मोबाइल नेटवर्क पनि गतिलो छैन, हरेक दिन घाम लागे पछि मात्र कालिकोट को टावरले काम गर्छ र मोबाइल चल्न थाल्छ । यस जिल्ला अन्य हरेक स्थानिय तहमा गाडी पुगे पनि यस नगरपालिका अधिकांश वडामा गाडी पुग्दैन, यहाँको समाजमा कुरिति र बिकृति पनि व्यापक छ । छाउपडी प्रथा व्यापक छ । महिलाहरुलाई स्वास्थ्य सेवा छैन, प्रसुतिका सामान्य समस्याले पनि महिलाको मृत्यु हुने गरेको छ । जिबनभर अत्यधिक परिश्रम गरेको कारण पाठेघर खस्ने र त्यहि कारण श्रीमान वाट समेत हेला सहनु पर्ने समस्या सामान्य छ । आफ्नो जिवनको अमुल्य समय भारत मा गएर मजदुरी गरि आउने हरु मध्ये धेरैले आ–आफुले ल्याएका दुई चार पैसा भन्दा बढी एचआइभी र एड्स रोग पनि ल्याउछन् । यसरि दुख जिलो गरेर ल्याएको पैसा ले घरमा खान र आवश्यक खर्च जुटाउन पुगेन अनि त्यहि कारण घरमा झैँ झगडा हुन्छ, । यस्तै कारणले गर्दा बिपन्न भएका मानिसहरु जाड रक्सिको कुलतले गर्दा झनै गरिब र समस्या ग्रस्त हुन्छन । दुई चार पैसा घरमा ल्याएर परिवार चलाउनु पर्ने गरिब, बिपन्न र दलित परिवारमा मानसिक रोग र कुपोषणका समस्या पनि समस्या पनि ब्यापक छ । राकम कर्णालीमा सरकारले मध्य पहाडी राजमार्गमा बिकास गर्न लागेको १० वटा नमुना शहर मध्ये, अहिले असाध्यै सानो बजार भए पनि चिसापानी बाट माथि लागे पछि कर्णाली नदीको किनारमा भएका फराकिला ठाउँ मध्य सबै भन्दा फराकिलो ठाउँ यहि हो । यो ठाउँ तराइ बाट कालिकोट , जुम्ला र मुगु निस्कने एक मात्र नाका हो । मध्य पहाडी राजमार्ग बनिसके पछि यहाँ बाट कालिकोट हुँदै जुम्ला र मुगु वाट आउने तथा आछाम हुँदै डोटी, डडेल्धुरा, बझांङ र बाजुराबाट तराई झर्ने प्रमुख नाका बन्ने छ यो ठाउँ । अहिले योजना हुँदै गरेको ५० शैयाको अस्पतालले यस क्षेत्रका बिरामीहरुलाई महंगो एम्बुलेन्स खर्च तिरेर बाटैमा प्राण त्यागिने हो कि भन्ने डर मान्दै सुर्खेत वा नेपालगंज झर्नु पर्ने बाध्यता पुरै हट्ने छ ।
उनकै अनुरोधमा मैले काठमाण्डौमा रहेको सीएमसी (मानसिक स्वास्थ्यमा काम गर्ने संस्था) लाइ समेत सम्पर्क गरि यस नगर पालिकामा कुनै स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम दिन र मानसिक स्वास्थ्य क्लिनिक चलाउन मद्धत गर्न अनुरोध गरे र सो संस्थाले यसमा सकारात्मक प्रतिक्रिया ब्यक्त गरेको छ ।
यसै नगरपालिकाभित्र राकम बजार वाट अलिक तल्तिर कर्णालीनदीमा एउटा बहु उदेश्यिय जल बिद्युत परियोजना बन्न लागेको छ । जसले गर्दा यो क्षेत्रको कायापल हुने आशा छ । संग संगै सो परियोजनाको जलाशयले बनाउने तालले गर्दा यस राकम क्षेत्र पुरै डुबानमा पर्ने समेत सम्भाबना छ । तर यहाँका समस्यालाइ एक एक गर्दै समाधान गर्न तामाम समस्याहरुलाई चिर्न र यहाँ भएका सम्भानाहरुलाई उपयोग गर्दै अगाढी बढ्न दीपा बोहोरा जस्ता जोसिला युबाहरुको नेतृत्वलाई अगाडी बढाउनु हाम्रो कर्तब्य हो । यी सबै सम्भानाहरुलाई प्रयोग गर्दै अघि बढ्न सकेमा भोलि राकम बजार र आठविस नगरपालिका एउटा नमुना शहर बन्न सक्ने छ । तर त्यसका लागि तपाई हामी सबैको साथ र सहयोेग जरुरी छ ।

यो लेखकका निजी विचार हुन् ।

२०७४ माघ २३ गते प्रकाशित

प्रतिक्रिया