दैलेखमा वृक्ष विधिबाटै प्रगती हेरे
गोविन्द केसी
दैलेख, भाद्र २३ – दैलेखमा वृक्ष विधिबाटै जिल्लाको प्रगती विवरण हेरिएको छ । जिल्लाका सरकारी कार्यालयदेखी एनजिओ आईएनजिओसम्मले बार्षिक रुपमा भएगरेका कामहरुको प्रगती देखाउन नयाँ वृक्ष विधि अपनाएपछि सहज रुपमा हेरिएको हो । उनीहरुले जिल्ला विकास समितिको कार्यालय हाताभित्र आफ्नो कार्यालयले गरेका उल्लेखनीय कार्य वा प्रगतीहरु वृक्ष विधिमा सवैले देख्नेगरी टाँसेर प्रर्दशन गरेका हुन् । बुधवार जिविसभित्र बार्षिक प्रगती समिक्षामा भाग लिन जानेहरु रंगिचङगी थरिथरिका ब्यानरहरु देखेर दंग परे ।
विगतमा हलभित्र प्रत्येक कार्यालयका प्रमखु तथा प्रतिनिधिहरुले आफ्ना कार्यालयका बारेमा सुनाउने अभ्यासदेखी दिक्क बनेका सेवाग्राही तथा सरोकारवालाहरुले कार्यालयहरुका प्रगती विवरण लेखेएका ब्यानर हेरेरै सुझाव तथा प्रश्न गरे । सहभागितामुलक मूल्याकंनमा गर्न सहज भएको जिविसका शुसासन विद जनक भट्राईले बताए । प्रगती समिक्षामा सहभागी सवैले एकै पटक प्रर्दशनीमा राखीएका ब्यानरहरु हेरे ।
उनीहरुले करिव २ घण्टा जिल्लामा गरिएका कामको प्रगतीहरु क्रमश पढे । चित्त नबुझेको कुराहरु तुरुन्तै सोध्न मिल्ने ब्यवस्था गरिएकाले अँझ प्रभावकारी बन्यो वृक्ष विधि । आफ्ना कार्यालयको ब्यानरमा सहभागीले सोचेको जवाफ दिनका लागि प्रमुख वा प्रतिनिधि बस्दा प्रगती समिक्षा प्रभावकारी भएको निमित्त स्थानीय विकास अधिकारी यामनारायण गौलीले बताए । नेपालमै पहिलो पटक नयाँ विधिबाट प्रगती समिक्षा गरिएको दावी गौलीले गरे । उनले भने, łलामो समय खर्चिएर कोठे प्रवचनभन्दा वृक्ष विष्लेषण विधि प्रभावकारी भयो ।
वृक्ष विश्लेषण विधिमा प्रगतीको मुल्याकंनमा सहभागीहरुले चासो दिईनुले रोचक रुपमा पनि लिईएको जिविसका योजना अधिकृत पदम सापकोटाले बताए । जिल्ला विकास समितिले नयाँ विधि अपनाएर बार्षिक समिक्षा कार्यक्रम राखेको हो । अधिकाँश सहभागीले कोठे समिक्षाभन्दा नयाँ विधिद्धारा गरिएको कार्यक्रम प्रभावकारी भएको बताए ।
प्रतिक्रिया