परियोजना सम्झौता सम्पन्न

परियोजना सम्झौता सम्पन्न

 


डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखझारा संचालित उत्थानशिल जिविकोपार्जनका लागि सामुदायिक अनुकुलन क्षमता अभिबृद्धी (साकार) परियोजनाले अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ४ वटा वडामा परियोजना लागु भएको छ । सोमवार सामाजिक सेवा केन्द्र (सोसेक नेपाल दैलेखको संस्थापक अध्यक्ष हीरासिंह थापा र महासचिव नैन बहादुर शाही सहितको टोली पुगेर परियोजना सम्झौता गरेसंगै सोसेकले प्रदेश नं. ७ मा पनि कार्यक्षेत्र विस्तार गरेको हो । संस्थाका तर्फबाट महासचिव नैन बहादुर शाही र अछामको पञ्चदेवल बिनायक नगरपालिकाको तर्फबाट निमत्त प्रमुख प्रशासकिय अधिकृत श्याम बहादुर रानाले परियोजनाको सम्झौता सम्पन्न गरेका हुन् ।

संस्थाका तर्फबाट महासचिव नैन बहादुर शाही र अछामको पञ्चदेवल बिनायक नगरपालिकाको तर्फबाट निमत्त प्रमुख प्रशासकिय अधिकृत श्याम बहादुर रानाले परियोजनाको सम्झौता गर्दै ।

पंचदेल विनायक नगरपालिकावाट सो परियोजना संचालन गर्नको लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई साझेदारी रकम ३ लाख दिने सम्झौता उल्लेख गरिएकोछ ।
उक्त परियोजना दैलेख जिल्लाको आठवीस नगरपालिकाका वडा नं. ४, ५ र ८ मा संचालित छ । अब अछाम पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. ४ कालिकास्थान, वडा नं. ५ को लयाटी, वडा नं. ८ को बारला र वडा नं. ९ को कालिकाँडामा कार्यक्रम संचालन थप भएको छ । परियोजनाले अछाम पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. ४ कालिकास्थानका ९० घरधुरी, वडा नं. ५ को लयाटीमा ६४ घरधुरी, वडा नं. ८ को बारलामा ३१ घरधुरी र वडा नं. ९ को कालिकाँडाका ६५ घरधुरी गरि २ सय ५० घरधुरीलाई लक्षित गरि कार्यक्रम संचालन गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् ।
दैलेख जिल्लामा संचालित सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । दैलेख जिल्लाका विभिन्न स्थानीय तह र कालिकोटमा समेत कार्यक्षेत्र बनाएको संस्थाले प्रदेश नं. ७ को अछाममा पनि आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । प्रदेश नं. ६ का दैलेख र कालिकोटमा परियोजना संचालन गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले अब प्रदेश नं. ७ को अछाममा पनि परियोजना संचालन गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् ।
आठवीस नगरपालिका राकमकर्णालीको नजिकै रहेका अछाम पञ्चदेवल बिनायक नगरपालिकाकाको स्थानीय बासीको मागका आधारमा परियोजना लागु गर्न लागिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव नैन बहादुर शाहीले जानकारी दिएका छन् ।
परियोजना लागु भएका स्थानहरुमा जलवायू परिवर्तनलाई धान्न सक्ने खालका कार्यक्रमहरु संचालन गर्नेछ । यस्तै समुलायमा ताजा तरकारी उत्पादन, नगदेवाली उत्पादन लगाएतका क्रियाकलापहरु संचालन गर्नेछ । समुदाय स्तरमा विभिन्न् समूह निर्माण गर्दै समूहका सदस्यहरुलाई शसक्तिकरणका तालिम, विभिन्न प्रविधिबारे जानकारी गराउनेछ । यस्तै कार्यक्रम संचालन भएका स्थानमा सरल थोपा सिचाईका लागि आवश्यक सहयोग गर्ने परियोजनाले जनाएको छ ।

यस अधि नै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले स्थानीय सरकारवाट रकम लिई आफ्ना अभियान संचालन गर्नको लागि यस अधि नै गुराँस गाउँपालिकावाट वालविवाह, महिला हिंसा, छाउपडि (वाल संरक्षण र वाल अधिकार शासन) संचालनको लागि १० लाख र जलधार संरक्षण, जलवायु परिवर्तन र वातावरण संरक्षण कार्यक्रमका लागि ५ लाख दिने सम्झौता भई कार्यक्रम संचालन भईरहेकोछ ।

 

प्रतिक्रिया