सिचाई विकास डिभिजन उद्घाटन
ज्वाला सन्देश समचारदाता
दैलेख, भाद्र २३ – दैलेखमा पहिलो पटक सिचाई विकास डिभिजन कार्यालय उद्घाटना भएको छ । बुधवार आफ्नै भवनमा सिचाई विकास डिभिजन कार्यालयको एक समाहरोहविच उद्घाटन भएको हो ।
जिल्ला न्यायधिस विश्वमंगल आत्रेयले डिभिजन कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि जिल्ला सिचाई कार्यालय, सव डिभिजन कार्यालय स्थापना भएपनि काम डिभिजन कार्यालय सुर्खेतबाटै हुने गर्दथ्यो । डिभिजन कार्यालयमा निमित्त डिभिजन प्रमुख सुपिन्द्र खत्री, ईन्जिनियर तारा वाक्ले सहित ४ जना कर्मचारी रहेका छन् ।
लामो समयदेखी सिचाईको सुविधासम्पन्न भवन निर्माण भएपनि कार्यालयको काम नहुँदा सुर्खेतमा रहेको डिभिजन कार्यालयबाटै हेरिदै आएको थियो । सुरुमा जिल्ला सिचाई कार्यालयका रुपमा स्थापना भएको सिचाई सवडिभिजन हुँदै डिभिजन कार्यालय स्थापना भएको हो । जिल्ला सिचाई विकास डिभिजन नहुँदा बर्षैदेखी सुर्खेतमै गएर सेवाग्राहीले काम गर्नुपर्ने बाध्यता रहेको थियो । डिभिजन कार्यालय स्थापनासंगै दैलेखबासी हर्षित भएका छन् । łसानोसानो काममा पनि सुर्खेत नै पुग्नुपर्ने बाध्यता एकातिर थियो भने काम विग्रदा खर्चसंगै झन्झटिलो उत्तिकै हुन्थ्यो । “समाजसेव पूर्णबहादुर खत्रीले भने, जिल्लामै स्थापनासंगै योजनाको हेरफेरमा कडाई गरेमा दिगो र प्रभावकारी हुनेछ ।”
यसअघि जिल्ला र सवडिभिजनको कार्यालय उद्घाटन गरी ६ महिनामै सुर्खेतस्थित डिभिजनबाटै कामहरु हुने गर्दथ्यो । यसअघि कर्मचारीहरु जिल्लामा बस्न नमार्नेका कारण स्थायी कार्यालयका रुपमा सिचाई दैलेखमा रहन नसकेको हो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, समसुर गुल्मपती रमेश खड्का, अनुसन्धान अधिकृत शुसान्त बराल लगायत सरकारी कार्यालयका प्रमुख, राजनितिक दलका प्रमुख तथा नागरिक समाजका अगुवाहरु सहभागी भएका थिए ।
प्रतिक्रिया