वडा स्तरीय वार्षिक प्रगति समिक्षा सम्पन्न

वडा स्तरीय वार्षिक प्रगति समिक्षा सम्पन्न


सहयोगी हातहरुको समूह (सहास) नेपालद्धारा संचालित जीविकोपार्जन सुरक्षाका लागि पर्यावरणीय विकास तथा कृषि जैविक विविधता इडिलिस परियोजना, दैलेखको वडा स्तरीय वार्षिक प्रगति समिक्षा गोष्ठि भैरवी गा.पा.को वडा नं. ४ र ५ को गा.पा. प्रमुख प्रेम बहादुर बुढाको अध्यक्षता, नौमुले गा.पा., वडा नं. ५ को वडा अध्यक्ष भविराम बुढा मगरको अध्यक्षता, वडा नं. १ को वडा अध्यक्ष भुवानी प्रसाद जैसीको अध्यक्षता, वडा नं. ८ को कार्यवाहक वडा अध्यक्ष ओल सिंह थापाको अध्यक्षता, नारायण न.पा., वडा नं. ११ को वडा अध्यक्ष टंक ब. बिष्टको अध्यक्षता र भगवतीमाई गा.पा., वडा नं. १ को का.व. वडा अध्यक्ष बाल बहादुर थापाको अध्यक्षतामा र वडाका अन्य सदस्य तथा समूहका सदस्यहरुको उपस्थितिमा मिति २०७४ फागुण ३ गते देखि ८ गतेसम्म प्रत्येक दिन १÷१ वटा वडामा आयोजना गरेर सम्पन्न भएको छ । यस अवसरमा आफ्ना भनाई राख्दै भैरवी गा.पा.का अध्यक्ष प्रेम बहादुर बुढा, नारायण न.पा., वडा नं. ११ का अध्यक्ष टंक बहादुर विष्ट, नौमुले गा.पा., वडा नं. १ का भुवानी प्रसाद जैसी र वडा नं. ५ का भविराम बुढा मगरले परियोजनाले स्थानीय जनसमुदायसँग प्रत्यक्ष सरोकार राख्ने एकिकृत किसिमको कार्यक्रम संचालन गरेको बताए । उनले समुदायमा सकारात्मक परिवर्तन ल्याउन पनि सफल भएको बताउदै कम लगानीमा प्रभावकारी काम गर्दै समुदायमा जनचेतना जगाउने र उनीहरुलाई सशक्तीकरण गर्ने काम गरेकोमा परियोजनालाई धन्यवाद दिएका छन् । उनले समुदायका सदस्यहरुलाई पनि सुझाव दिर्दै भने, समाजमा परिवर्तन आएको कुरा केवल परियोजना रहेसम्म मात्र नभएर यसपछि पनि निरन्तरता दिनुपर्छ ।
यसै गरि परियोजनलाई पनि उहाँहरुले सुझाव दिदै भने, कार्यक्रमले वडाका सिमित समुदायलाई मात्र नभई सबैलाई समेटेको भए राम्रो हुने थियो । आगामी दिनमा संचालन गर्ने कार्यक्रमहरु स्थानीय तहसँग समन्वय र साझेदारी गरी संचालन गर्न र आवश्यक सहयोग गर्न हरपल तत्पर रहेको कुरा उक्त अवसरमा बताउनु भएको छ । परियोजना संयोजक देबिन्द्र कार्कीले उक्त अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण समूहका सदस्य, सरोकारवालाहरुलाई धन्यवाद दिर्दै कार्यक्रमको निरन्तरताको लागि वडा स्तरीय मूल समिति र प्रयास दैलेख मार्फत अगाडि वढ्नका लागि सुझाव दिनु भएको छ ।

प्रतिक्रिया