सचेत हुँदै श्रीमान

सचेत हुँदै श्रीमान

महिला गर्भवती हुँदा देखि सुत्केरी अवस्था र सो भन्दा पछिका दुईबर्षसम्म भोग्नुपरेका पीडाहरुलाई पोषण मेलाको माध्यामबाट जानकारी गराएपछि पुरुषहरुको ध्यान केन्द्रित भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहारहरु अनिवार्य खानुपर्ने, ग्रहौ भारी बोक्न नहुने, बिश्रामको धेरै आवश्यकता पर्ने लगायत महिलाहरुको प्रजनन स्वास्थ्य तथा अधिकारको बारेमा व्यवहारिक रुपमै पुरुषहरुलाई भारी बोकाएर परिक्षण गराएपछि पोषण मेलामा सहभागि पुरुषहरु सचेत भएका हुन् ।
पुरुष एउटा श्रीमान र पिता भएकाले विचार परिवर्तनबाट महिलाको जीवन राम्रो हुने र स्याहार सुसार पनि हुने भएकाले पुरुषहरुलाई गर्भावस्था र सुत्केरी अवस्थामा, महिलाको प्रजनन अधिकार सुनिश्चित गर्न र पाठेघर खस्ने समस्या निर्मूल गर्नको लागि पुरुषहरुको भूमिकाको बारेमा जानकारी गराउनका लागि जिल्लाका बिभिन्न स्थानहरुमा पोषण मेलाको आयोजना गर्दै आएको महिला सशक्तिकरण मञ्चकी अध्यक्ष सुनिता चन्दले बताइन ।
गर्भवती तथा सुत्केरी महिलाहरुका श्रीमानहरुको जीम्मेवारीको बारेमा सचेत गराउने, पितृत्वको भावना उजागर गर्ने र सम्मान गर्न सिकाउने उद्देश्यले कार्यक्रमहरु आयोजना गरेको कार्यक्रम संयोजक दुर्गा खत्रीले बताइन ।
पछिल्लो पटक दैलेखको दुल्लु नगरपालिका वडा नः १३ मालिकामा पुरुष केन्द्रित प्रजनन् स्वास्थ्य तथा पोषण मेलाको आयोजना गरिएको छ । वाताबरणीय कृषि तथा विकास केन्द्र केड सुर्खेतको आर्थिक सहयोगमा महिला सशक्तिकरण मञ्चद्धारा संचालीत महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत पुरुष केन्द्रित प्रजनन स्वास्थ्य तथा पोषण मेला स्वास्थ्य चौकि मालिकादेबी माबि हाडेआवतमा सम्पन्न भएको हो ।
सेतो गुराँस बाल बिकास केन्द्र दैलेख, सुआहारा कार्यक्रम एभरेष्ट क्लव दैलेखको समन्वयमा यस्ता कार्यक्रमहरु हुँदै आएका छन् ।
मेलामा श्रीमान नभएका महिलाहरुको पिडा बुझ्नको लागि घरमा रहेका शासु,ससुरा र देवरलाई समेत सुरक्षाकावारेमा जानकारी दिएको छ । बिशेषगरी सुत्केरी तथा गर्भवती महिलाका श्रीमानहरुको उपस्थिती रहेको स्वास्थ्य मेलामा १२ वटा स्टल राखेको, प्रत्येक पुरुषलाई मेलाको सुत्केरी तथा गर्भवती महिला लाई खुवाने पोषण, खाना र स्याहार सुसार र गर्नु पर्ने ब्यबहारका बारेमा जनाकारी गराईएको छ । मेलामा ५० जना गर्भवती महिला र ५६ वटा सुत्केरी महिलाहरुले स्वास्थ्य जाँच गरिएको थियो ।
दुल्लु नगरपालीकाका नगर प्रमुख घनश्याम भण्डारीले स्थानीय स्तरमा जनचेतना जगाउनका लागि सुचनामुलक कार्यक्रम अपरिहार्य भएको बताए । उनले बाल बिवाहका कारण महिलाहरुको पाठेघर खस्ने समस्या बिकराल भएको भन्दै बालबिवाह रोक्नका लागि सबैले आ आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने बताए ।

प्रतिक्रिया