‘नबोल्ने ढुंगाको पुजाँ गर्ने होइन’

‘नबोल्ने ढुंगाको पुजाँ गर्ने होइन’

 

नबोल्ने ढुंगाको पुँजा गरेर विभेदको अन्त्य नहुने चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका नगर–प्रमुख सुर्यबहादुर शाहीले बताएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसमा आयोजित कार्यक्रममा महिलाहरुलाई शुभकामना दिर्दै यस्तो बताएका हुन ।  ‘अनावश्यक रुपमा हामी नबोल्ने ढुंगाको पुजाँगरी समय बर्वाद गछौँ ।’ उनले भने ‘पुरुषले नारीलाई र नारीले पुरुषलाई कहिलेपनि पुजाँ गर्दैनौँ । जबसम्म पुरुषले नारीलाई र नारीले पुुरुषलाई पुजाँ गर्ने प्रचलनको सुरुवात हुदैन महिला र पुरुषविच विभेद कायम रहने उनले उल्लेख गरे । विभेद अन्त्य गर्नका लागि पुरुषले नारीको पुजाँ गर्ने युगको सुरुवात गर्नुपर्छ । ’
नारीलेपनि राम्रो पुरुषको पुजाँ गनुर््होस ‘गलत गर्ने पुरुषका विरुद्धमा ‘महाकाली’ भद्रकाली भई उठ्नुहोस ।’ उनले भने, ‘अपराधीबाट नबोल्ने ढुंगाको मुर्तिलाई पुजाँ गरेर अछुतो हुन सकिदैन ।’ अपराधीलाई सजाय दिलाउन सबैको सहकार्यको आवश्यकता रहेको उनले उल्लेख गरे ।दिवस मात्र नाच गान गरेर मात्र म अधिकार प्राप्त गर्न नसकिने उनले बताए । महिलाहरु आर्थिक रुपमा सक्षम नबन्दा र शिक्षाको पुहँचमा नभएका महिलाहरु नै घरेलु हिंसाको सिकार बन्ने गरेको उनको भनाई छ । । पछिल्लो समय पुरुष भन्दापनि महिलाहरुबाट नै महिलाहरु हिंसाको सिकार बन्ने गरेको नगर प्रमुख शाहीले उल्लेख गरे ।

‘हिसांको कारण बालविवाह र मदिरा’

मदिरा र बालविवाहका कारणले गर्दा महिलाहरु घरेलु हिसांको शिकार बन्नु परेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले बताईन । ‘जबसम्म मदिरा नियत्रण गर्न सकिदैन तबसम्म घरेलु हिसां नरोकिने दावी उनको छ । आफुले न्यायिक समितिको संयोजक बनि अनुसन्धान गरेका अधिकांस घरेलुहिंसाका घटनाहरुमा मदिराकै हात रहेको उल्लेख गरिन् ।
उनले बालविवाह हुनुको रहस्या पनि खोलिकी छिन । बालबालिकाहरुले सानै उमेरमा विवाह गर्नुको पछिपनि मदिराकै हात रहेको उनले बताईन । ‘परिवार भित्रैका सदस्यहरुले नै मदिरा सेवन गरेपछि बालिका असुरक्षित महशुस गरी सुरक्षित स्थान खोज्दै बालविवाह गर्छन ।’ उनले भनिन् ‘शान्त र बालविवाह रहित नगर निर्माण गर्नका लागि मदिरा नियन्त्रण गर्नुपर्ने बताईन । साथै चुलो र चौकोमा मात्र सहित रहेर आफ्नो अधिकार प्राप्त गर्न नसकिने उनले बताईन ।  यसैबीच चामुण्डाविन्द्रासैनीका विभिन्न वडाहरु विभिन्न कार्यक्रम गरी नारी दिवस मनाईएको छ ।

प्रतिक्रिया