दिवा खाजामा भएकको विभेद हटाउन सहभोज कार्यक्रम

दिवा खाजामा भएकको विभेद हटाउन सहभोज कार्यक्रम

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेदका हटाउन र व्यवहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउनुभएको छ ।
गत महिना हिमालय आधारभूत विद्याललय तीजडाँडामा दलितले पकाएको नखाने भन्दै गैरदलित बालबालिकाले ताला लगाएको सम्वन्धमा विभेद हटाउन आज चामुण्डाको तीजडाँडास्ति विद्यालय प्रांगणमा सहभोज कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
प्रमुख थापाले सामाजिक प्रयासमा विभेद घटनाउन सहभोज आयोजना गरिएको बताउदै अझैं पनि विभेद भइरहेमा कडा कानूनी कारवाही गरिने चेतावनी दिनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीकुमारी शाहले चामुण्डा भूगोल मिलेको र सभ्य नागरिकहरुको बसोबास भएको ठाउँमा जातीय विभेद, छाउपडीप्रथा लगायतका समस्या हुनु दुखदायी घटना भएको बताउनुभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले छाउपडीप्रथा, बालविवाह जस्तै नगर क्षेत्रमा जातीय विभेद समस्या पनि रहेको अवस्थामा यस्ता विकृति रोक्न समुदायको अग्रसरता जरुरी रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले बालबालिकालाई विभेद गर्न लगाइएको घटना लज्जास्पद घटना भन्दै अभिभावकलाई समेत सचेतना दिन सहभोजको कार्यक्रम गरिएको प्रष्ट पार्नुभयो । उहाँले कारवाही गर्ने निकायको उपस्थितिलाई कमजोरी नठान्न विद्यालय प्रशासनलाई सचेत गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर तारामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरका उपप्रमुख, राजनीतिक दलका प्रतिनिधिहरुको तर्फबाट नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दिपक शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष रंगबहादुर तारामी, वडा नं. ३ का वडाध्यक्ष निरकबहादुर तारामी, इन्सेक जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, विद्यालयका प्रधानाध्यापक पूर्ण पौडेलले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया