गुराँस गाउँपालिकाको केन्द्र निर्धारण गर्न मतदान गरिने

गुराँस गाउँपालिकाको केन्द्र निर्धारण गर्न मतदान गरिने

दैलेख ३ चैत- दैलेख गुराँस गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा निर्वाचित जनप्रतिनिधि विच मतभेद देखिएको छ । गाउँपालिकाको केन्द्र निर्धारणमा निर्वाचित जनप्रतिनीधिहरु विच विवाद उत्पन्न भएपछि केन्द्र निर्धारणका लागि कार्यपालिकाले मतदान गराउने निर्णय गरेको छ । शनिबार बसेको कार्यपालिकाको बैठकले केन्द्र काँहा राख्ने भन्ने विषयमा मतदानमा जाने निर्णय गरेको हो । अब गाउँपालिकाको केन्द्रको टुङ्गो चैत ८ गते बस्ने गाउँ सभाबाट लाग्नेछ ।


गाउँपालिकाको केन्द्रका विषयमा नागरिकहरुले छुट्टाछुट्टै धाराणा प्रस्तुत गरेका छन् । उनिहरुकले सबैलाई पायक पर्ने ठाउँमा केन्द्र राख्नुपर्ने बताएका छन् । गाउँपालिकाको कार्यालय बस्दै आएको घोडाबास आसपासका नारिकहरुले केन्द्र घोडाबास नै हुनुपर्ने बताएका छन् भने गुराँसे आसपासका क्षेत्रका नागरिकहरुले भने गुराँसे केन्द्र हुनुपर्ने माग गर्दै आएका छन् ।
केन्द्रका विषयमा जनप्रतिनिधिहरुले पनि छुट्टाछुट्टै धाराणा प्रस्तुत गरेका छन् । कतीले गुराँसे नै केन्द्र हुनुपर्ने बताएका छन् भने कती जनप्रतिनिधिहरुले घोडाबास केन्द्र हुनुपर्ने धाराणा राखेका छन् । केन्द्रको विषयलाई मतदान लिन नहुने वडा नम्बर ४ का वडा अध्यक्ष खड्ग बहादुर शाहीको धारणा छ । संविधानमा उल्लेख भएअनुसार स्थानिय तहको केन्द्र ६ महिनाभित्र गाउँसभाबाट टुङ्गो लगाइसक्नुपर्ने भनिएको छ, यदी केन्द्र टुङ्गो लगाउन नसके पहिले तोकिएको अस्थायी क्षेत्रमा केन्द्र रहने भनिएको छ । यसरी हेर्दा गुराँस गाउँसभाले केन्द्रको टुङ्गो लगाउन नसके त्यसको अस्थायी मुकाम रतीखोलामा केन्द्र स्वतः जानेछ ।
यस्तै, गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा रहेका बनमा सल्लाबाट निकालिने खोटो बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका क्षेत्रमा अत्याधिक खोटो निकाली सल्लाका विरुवा सुक्न थालेपछि गाउँ कार्यपालिकाले खोटो निकाल्न बन्द गर्ने निर्णय गरेको हो । खोटो निकाल्दा सल्लाका बिरुवा नोक्सान हुने र सुक्दै जाने भएपछि आफुहरुले बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् । उनका अनुसार अब यस क्षेत्रमा जथाभावी खोटो निकालेको पाइएमा कारबाही हुने छ । यो निर्णयको केहि खोटो व्यापारीहरुले विरोध गरेपनि यसको चौतर्फी स्वागत गरिएको छ ।

प्रतिक्रिया