सिचाई सुविधा पुर्याउन पोखरी निर्माण

सिचाई सुविधा पुर्याउन पोखरी निर्माण

टेकराज केसी
दैलेख, चैत्र ८ -दैलेख गुराँस गाउँपालिका ६ मा ४० वटा सिंचाई पोखरी बनाउने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सबै वडामा सिचाई पोखरी निर्माण गर्नेगरी कार्यपालिकाबाट निर्णय गरेपछि वडा नम्बर ६ को बगौराचौर रेगसहितका क्षेत्रहरुमा ४० वटा पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ४० वटा पोखरी बनाउने काम ६० प्रतिशत जनताको श्रमदान र ४० प्रतिशत काम वजेटमा गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष हिम बहादुर ओलीले जानकारी दिए । उनका अनुसार ६ नम्बर वडामा सिंचाई पोखरी बनाउन भन्दै चार लाख रकम गाउँपालिकाले विनियोजन गरेको थियो ।

४० वटै सिंचाई पोखरी निर्माण भएपछि १२ लाख लिटर पानी संकलन हुने उनले बताए । गाउँपालिकाले पानीको समस्या भएका विभिन्न क्षेत्रमा सिंचाई पोखरी बनाउनेगरी सम्बन्धीत वडालाई जिम्मा दिएको थियो । तर अन्य क्षेत्रमा पोखरी निर्माणको काम शुरु हुन सकेको छैन् । वडा नम्बर ६ मा भने पोखरी निर्माणको काम करिब सकिएको अध्यक्ष ओलीले बताए । उनले भने ‘हामी कृषिको विकास मा केही काम गर्न चाहान्छौ एक घर एक सिचाई पोखरी यो हाम्रो अभियानमा सहयोग गर्ने पिलाडी वासि प्रति धन्यवाद दिन चाहान्छौ ।’ उनले थपे ‘हाम्रो अभियान लाई सार्थक वनाउने कृषकहरु प्रति धन्यवाद दिन चाहान्छौ, हामी यो वर्ष ४० ओटा सिचाई पोखरि वनाउदै छौ, जसमा १२ लाख लिटर पानी जम्मा गर्न सकिने छ । उनले पोखरी निर्माण पछि पानी जम्मा गरिने भन्दै यसले बेमौसमी तरकारी खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया