राउटे बस्तीमा पुग्यो खाद्यन्न

राउटे बस्तीमा पुग्यो खाद्यन्न

डिलप्रसाद शर्मा
सुर्खेत–कर्णाली प्रदेश सरकारले लोपउन्मुख राउटे बस्तिमा खाद्यन्न पु¥याएको छ । विगत केही महिनादेखि दैलेखको डुङ्गेश्वर गाउँपालिकास्थित पराजुल खोलामा बस्दै आएका लोपउन्मुख राउटे समुदायलाई शनिबार खाद्यन्न वितरण गरिएको हो । सामाजिक सुरक्षा भक्ता नपाएका राउटे समुदायलाई सरकारले चालमसहित खाद्यन्न वितरण गरेको हो । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले पराजुल खोलामा बस्दै आएका ४६ घरपरिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।


राउते समुदायमा पुगेर खाद्य सामग्री हस्तान्तरण गर्दै सांसद रेग्मीले संघीय लोकतन्त्र मुलुकमा भोको पेट कोही कसैले पनि मर्नु नपर्ने बताए । उनले राउटे समुदायको संरक्षणका लागि सरकार गम्भिर भएर लाग्ने बताए । ५२ प्रतिशत गरिवि प्रदेश विकासको चुनौती भएपनि सरकारले आवश्यक नीति तथा योजनाहरु बनाउँदै जाने बताए ।
प्रतिपरिवार ६० किलो चामल, मुला, चिउँरा, खुर्सानीलगायतको खाद्यन्न वितरण गरिएको हो । राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले राउटे उत्थानमा सरकार गम्भिर भएर लाग्न आग्रह गरिन् ।

प्रतिक्रिया