मुद्दा होस्टाइल गर्ने युवतीलाई ७ दिन कैद, २ हजार जरिवाना

मुद्दा होस्टाइल गर्ने युवतीलाई  ७ दिन कैद, २ हजार जरिवाना

दैलेख चैत्र २० –आफू माथि बलात्कार भएको भनी प्रहरी मार्फत अदालत पुयाएको मुद्दामा त्यसो भएको होइन, गाउँघरकाले मुद्दा देऊ भनेर मात्र दिएको हुँ भनी बयान बदल्ने २ जना युवतीहरुलाई दैलेख जिल्ला अदालतले जनही ७ दिन कैद र २ हजारका दरले जरिवाना तोकिएको फैसला सुनाएको छ ।गत असोज ३ गते नारायण नगरपालिका–३ भूर्तीका ३० वर्षीय यज्ञप्रसाद भट्टराईले पसलमा साबुन किन्न आएको बाहनामा घरभित्रको कोठामा लिई बलात्कार गरेको भनी सोही दिन प्रहरीमा दिएको जाहेरी उल्लेख गरेकी परिवर्तित नाम ‘६२ ग दैलेख’ ले अदालतमा बयान बदलेको कारण उक्त सजाय भएको हो ।
त्यस्तै प्रकृतिको अर्को घटना असोज महिनाकै १७ गते ससुराली गाउँ चौराठा पुगेका दुल्लू नगरपालिका–१० का २३ वर्षका बिनोद भन्ने बिष्णु शाहीले २० वर्षकी युवतीलाई राति पिङ्ग खेल्न भनी लिएर कुटपिट गरी जवरजस्ती बलात्कार गरेको भनी असोज २० गते प्रहरीमा दिएको जाहेरी विपरित अदालतमा बयान बदलेकोले परिवर्तित नाम ‘६२ घ दैलेख’लाई पनि ७ कैद र २ हजार जरिवाना सुनाइएको छ ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट यी दुबै घटनामा जाहेरीवालाले नै घटना भएको होइन रीसिबीले मुद्दा दिएको भनी अदालतमा बयान दिएको कारण आरोपित यज्ञप्रसाद भट्टराई र बिनोद भन्ने बिष्णु शाहीलाई सफाई दिइएको छ । यज्ञप्रसादलाई आरोप लगाएकी युवती ‘६२ ग दैलेख’ ले आरोपित पक्षलाई ५ हजार क्षतिपूर्ति तिर्नू पर्ने फैसलामा उल्लेख छ ।
बलात्कार जस्तो जघन्य मुद्दामा आफैले दिएको जाहेरीमा होस्टाइल हुने श्रृंखलाबद्ध प्रवृति बारे नारायण क्याम्पसका स्ववियू सभापति रेखा थापाले ‘महिलाहरुलाई अनेकन प्रलोभन र दवावमा होस्टाइल गराइन्छ तर बास्तविक घटना ढाकछोप गर्ने संस्कारले महिलालाई थप पीडित गराउने गरेको टिप्पणी गरिन् ।’ रेखाले भनिन ‘पीडा दिने पक्षलाई नै फाइदा पु¥याउने यो प्रबृतिले अपराधलाई बढ्दै जान सक्छ ।’

प्रतिक्रिया