चुप्रा प्रहरीद्वारा सार्वजनिक सुनुवाइ

चुप्रा प्रहरीद्वारा सार्वजनिक सुनुवाइ

दैलेख– डुङ्गेश्वर गाउँपालिका कार्यालयले चालु आर्थिक वर्ष ०७४/७५ को बजेट अन्तरगत प्रहरी चौकी चुप्राको भौतिक सामग्री व्यवस्थापनका लागि दिइएको १ लाख ९७ हजार रुपैंयाँको सामग्री दाखिला भएको जानकारी गराउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुको रोहवर गाउँपालिकाको अनुदानमा ल्याइएको सामग्रीको दाखिला श्रेस्ता र खरिदमा लागेको मूल्य विवरण समेत जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा अनुसार ४८ हजार ६ सय ५२ रुपैंयाँको कम्प्यूटर, त्यस्तै ३४ हजार १ सय ५४ रुपैंयाँको वाईफाई इण्टरनेट जडान, २५ हजार रुपैंयाँको फ्रिज, २० हजारका ४ वटा खाट लगायत १२ हजारको दरले १ थान दराज, हिल्टेक, २ वटा ग्यास सिलिण्डर सहित चुल्हो लगायतका सामग्री खरिद गरिएका बताइएको छ ।
त्यसैगरी १६ थान कुर्ची किन्न १० हजार ४ सय, ३ वटा सिलिङ्ग मेसिन १० हजार, २ वटा टेबुल किन्न ८ हजार परेको, सामान ल्याउन लागेको भाडा ३ हजार रुपैंयाँ र १६ सय रुपैंयाँ खाजा खर्च समेत १ लाख ९६ हजार ९ सय ६ रुपैंयाँ खर्च भएको प्रहरी चौकीका इञ्चार्ज धनवीर धामीले जानकारी दिनुभयो ।
डुंगेश्वर गाउँपालिकाले नियम प्रक्रिया मिची गरेको गरेका खर्चहरु बारे जानकारी गराउने क्रममा चुप्रा प्रहरी चौकीमा सामग्री नकिनेरै रकम खर्च भएको भनी गत हप्ता आमसञ्चार माध्यमहरुमा समाचार आएपछि चुप्रा प्रहरी चौकीले यो सार्वजनिक सुनुवाइ गरेको हो । गत साता सामग्री खरिद नै नगरि रकम भुक्तानी भन्ने शिर्षकमा विभिन्न संचार माध्ययमबाट समाचार प्रकाशित भएपछि मात्रै सामान खरिद गरि सार्वजनिक गरिएको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का श्याम रानाले बताए ।

प्रतिक्रिया