तिन दशक बित्दा पनि अझै अन्यौलमा सिचाई आयोजना

तिन दशक बित्दा पनि अझै अन्यौलमा सिचाई आयोजना

  • यामराज कटुवाल,

दैलेख । झण्डै तीन दशक बित्दा पनि गीताचौर–रावतकोट सिंचाई आयोजनाको काम पूरा नहुँदा स्थानीयबासी  समस्यामा परेका छन् ।

२०२८ सालमा सम्भाव्यता अध्ययन गरिएको आयोजनाको पैंतालिस सालबाट निर्माण थालिएको थियो । तर, बजेट अभाव, ढिलासुस्ती, अनियमितताको आशंका र नियामक निकायको लापरवाहीका कारण पश्चिम पहाडी क्षेत्रकै ठूलो सिंचाई आयोजना अलपत्र परेको हो ।

निर्माण कम्पनी स्वच्छन्द–प्रदीप जेवी सुर्खेतले काम गर्दा गर्दै छोडेपछि दैलेखको महत्वकांक्षी आयोजनामा झनै अन्योल भएको छ । आयोजनाबाट लाभ हुने अपेक्षामा रहेका स्थानीयले काम गरेको पारिश्रमिकसमेत पाएका छैनन् ।

आयोजनामा अहिलेसम्म कति खर्च भयो भन्ने यकिन विवरण सिंचाई डिभिजन कार्यालय दैलेखसँग पनि छैन् । २०७२ सालमा डिभिजन कार्यालयमा रुपान्तरण हुनु अघि गीताचौर–रावतकोट सिंचाई आयोजनामा भएको खर्चबारे केही बताउन नसकिने कार्यालयको भनाइ छ ।

आयोजना निर्माणका लागि तत्कालिन समयमा गठित उपभोक्ता समितिले आर्थिक बर्ष ०६८/६९ मा ८ लाख बाहेक आफूले अन्य रकम नबुझेको भन्दै कामदारको पैसा भुक्तान गर्न नसकिएको बताउँदै आएको छ ।

प्रतिक्रिया