धार्मीक विद्यालयमा कम्प्युटर शिक्षा

धार्मीक विद्यालयमा कम्प्युटर शिक्षा

नवलपरासी संवाददाता
बैशाष १ नवलपरासी- नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको उदघाटन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि कम्प्युटर शिक्षाको सुरुवात गरिएको हो ।
बिस २०६५ सालमा धार्मिक विद्यालय मदरसाको रुपमा स्थापना भएको उक्त विद्यालयमा उर्दुको साथै नेपाली, गणित, समाजिक, विज्ञान, अग्रेजी, लगायतहरु विषयमा विध्यार्थीहरुले शिक्षा प्राप्त गर्दै आएका छ ।
जिल्लामा कुल धार्मिक रुपमा संचालित ५२ मदरसा, १ गोरुकुल र १ गुम्बा रहेका छन ।
मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागी सो मदरसाले जिल्लामा यस्तो शि‌क्षा पहिलो पटक संचालन गरेको छ ।
सो मदरसाले एकमात्र नि.मा. सरहको शिक्षा प्रदान गर्दै आएको हाल करिब १ सय ६५ विध्यार्थीहरुले पठन पाठन गर्दै आएक छन् । मदरसामा ६ जना शिक्षक ४ जना शिक्षिका रहेको मदरसाका प्रअ अमिर आजम मियाँले जानकारी दिए । कम्प्युटर शिक्षाको उदघाटन् वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायले गरेका छन् ।
कार्यक्रममा विदालय ब्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारी, जन जागृती माविका प्रधानाचार्य बाबुराम सुबेदी, कन्हैया हरिजन, करम हुसैन अन्सारी, अयोध्या प्रसाद यादव, अल्सगिर हजाम,संजय कुशवाहा, अलिसेर अन्सारी लगायतहरुले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन सहबान अन्सारीले गरेका थिए ,

प्रतिक्रिया