छाउपडि र बाल विवाह न्यूनिकरण गर्न साँस्कृतिक कार्यक्रम

छाउपडि र बाल विवाह न्यूनिकरण गर्न साँस्कृतिक कार्यक्रम

दैलेख बैशाष २– दैलेखको गुरासँ गाउँपालिका वडा नं. ३ सेरीका विभिन्न समुदायहरुलाई लक्षित गर्दै छाउपडि प्रर्था र बाल विवाह न्यूनिकरण अभियान अन्तरगत साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । सुनगाभा बाल क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । सृजनशिल युवा क्लबको व्यवस्थापनमा आयोजित साँस्कृतिक कार्यक्रममा विभिन्न समूहहरुले बाल विवाह र छाउपडि प्रर्था सम्बन्धि चेतनामुलक गित र नृत्य प्रस्तुत गरेको बताइएको छ ।
बाल मैत्री स्थानीय शासन लागु गर्नका लागि गुराँस गाउँपालिकाको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला हिंसा, छाउपडि, बहुविवाह, बाल विवाह सामाजिक कुप्रर्था अन्त्यका लागि अभियान कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको बाल मैत्री स्थानीय शासन अभियानकर्ता मनिषा खड्काले जानकारी दिनुभयो । कार्यक्रम सामाजिक सेवा केन्द्र सोसेक० नेपाल दैलेखको सहयोगमा सम्पन्न भएको बताइएको छ । सृजनशिल युवा क्लबका अध्यक्ष विशाल शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सचिव,अभिभावक संघका पदाधिकारीहरु, अभिभावक, लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया