व्यवहारिक शिक्षाको जोडदिनुपर्छ -शाही

व्यवहारिक शिक्षाको जोडदिनुपर्छ -शाही

चामुण्डा (दैलेख) -बालबालिकालाई सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षालाई प्रथामिकता दिनुपर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका प्रमुख सुर्यबहादुर शाहीले बताएका छन् । बधुबार जम्बुकाँधमा विद्यार्थी भर्ना अभियान र व्यवस्थापन सम्बन्धी जानकारी दिनका लागि आयोजना गरिएको समन्वय बैठकमा उनले यस्तो बताएका हुन ।
‘सैद्धान्तिक शिक्षाले मात्र छोरा छोरीलाई जिम्मेवार हुदैनन्, ‘व्यवहारिक शिक्षा तर्फ छोरा छोरीलाई जोड्नु पर्छ ।’ ‘तबमात्र छोरा छोरीहरु भविष्य सुन्दर बन्छ ।’ उनले भने–
आमा बुबाले नै छोरा–छोरीलाई घरायसी कामको जिम्मेवारी नदिदाँ छोरा छोरीहरु गैर जिम्मेवार हुने गरेको उनले बताए । नगरपालिकाले सैद्धान्तिक शिक्षा भन्दा पनि व्यवहारिकलाई आफुले बढि प्रथामिकता दिने उनको भनाई छ । अब नगरपालिका भित्र कोही बालबालिकाले शिक्षाको पहुँचबाट बाहिर हुन नदिने प्रतिवद्धता जनाए । नगर भित्रका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नगरपालिकाले पहिलो प्रथामिकता दिने उनले बताए ।

बैठकमा नगर उप–प्रमुख ताराकुमारी शाही –खत्री) ले समग्र नगरपालिका विकासका लागि शिक्षाको भुमिका पहिलो स्थानमा हुने भएकाले शिक्षा पनि व्यवहारीक र गुणस्तरीय हुनुपर्ने जोड दिईन ।
बिद्यार्थीका उपलब्धि सर्टिफिकेट प्राप्तमा नभई त्यसको प्रतिफल ल्याई सहज जिवनयापन गर्न सक्ने हुनुपर्ने उनले बताईन । देश संघियतामा गएसँगै अव शैक्षिक शौली र शिक्षालाई व्यवहारिक बनाउनुपर्ने र आधुनीकिकरण तर्फ लिनुपर्छ । बेरोजगारी हटाउँदै स्वदेशमै आत्मनिर्भरताको खोजीगर्न प्राविधिक शिक्षा आवश्यक रहेको समेत उनले स्पष्ट गरिन् । कार्यक्रमको आयोजना एभरेष्ट क्लब दैलेखले गरेको बताइएको छ ।

प्रतिक्रिया