विद्यालय बाहिर रहेका दुई बालिकालाई विद्यालयमा भर्ना

विद्यालय बाहिर रहेका दुई बालिकालाई विद्यालयमा भर्ना

दैलेख -उमेर पुगेर पनि घरको आर्थीक अवस्थाका कारण विद्याललय जानबाट बञ्चित भएका गुरास गाउँपालिकाका दुई वालिकालाई विद्यालयमा भर्ना गरिएको छ । विद्यार्थी भर्ना अभियान २०७५ अन्तरगत गुराँस गाउँपालिका वडा न १ को सरस्वती आधारभुत विद्यालयमा विद्यालय वाहिर रहेका ९ बर्षिया बालिका कृष्णा सुनार र ७ बर्षिया बालिका अन्जली सुनारलाई विद्यालयमा भर्ना गरिएको हो । उनिहरुलाई विद्यालयमा स्वगत सहित बिद्यालयमा भर्ना गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सामाजिक परिचालक कमला मल्लले जानकारी दिइन् । लाई धन्यवाद दिन चाहन्छु । दुई बालिकालाई विद्यालयमा भर्ना पश्चात उनले यसैगरि सवैले आआफ्नो तहवाट विद्यालय वाहिर रहेका विद्यार्थी र विद्यालय छोडेका वालवालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्न आग्रह गरिन् ।विद्यालयमा भर्ना गरिएका बालिकाहरुलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको छ ।सामग्री सामाजिक सेवक केन्द्र (सोसेक) नेपाल दैलेखले प्रदान गरेको हो । विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई लक्षित गरि भर्ना अभियान सुरु गरिएको हो । यस पटक “हामी सबैका इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा” भन्ने नारा तय गरिएको छ ।

प्रतिक्रिया