नाभिस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा योगी

नाभिस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा योगी

बैशाष ७-नाभिस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा नविन योगी निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न चौथो साधारणसभाबाट योगी सर्वसम्मत निर्वाचित भएका हुन । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भगिराम महतारा, सचिवमा ईन्द्रनाथ योगी, कोषाध्यक्षमा गगन बहादुर खड्का लगाएत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष योगीले नाभिस्थानको पर्यटन विकासका लागि उल्लेखनीय कदम चाल्ने आश्वासन दिएका छन् । सामाजिक तथा प्राविधिक प्रस्ताव निर्माण गरि पञ्चकोशी क्षेत्रको भौतिक संरचनालाई आकर्षक बनाउने तर्फ आफु लाग्ने उद्घोष गरे । उनले ऐतिहासिक र धार्मिक महत्व झल्काउने वस्तुहरुको संरक्षण गरि पर्यटकहरुलाई आर्कषण गर्ने ठोस योजना निर्माण गरिने जानकारी दिएका छन् । उनले थपे “नाभिस्थान लगाएत वरपरको क्षेत्रभित्र रहेको गुठी जग्गालाई जतिसक्दो चाँडो प्रदेश तथा संघीय सरकार संग समन्वय गरि रैकरमा लिन पहल गर्नेछौँ ।”

प्रतिक्रिया