जन्मदर्ताको अभावमा बालबालिका ः विद्यालय जानबाट वञ्चित

जन्मदर्ताको अभावमा बालबालिका ः विद्यालय जानबाट वञ्चित

अभिभावकले आफ्ना बालबालिकाको समयमै जन्मदर्ता नगरेका कारण विद्यालय भर्नामा समस्या भएको छ । व्यक्तिगत घट्ना दर्ता ऐन २०६४ ले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि जनचेतनाको अभावका कारण तोकिएकै समयमा जन्मदर्ता गर्ने गरिदैन् ।
ठाटीकाँध गाउपालिका वडा नं ४ निवासी लक्षीराम नेपालीका छोरा वर्ष १२ का नरेन्द्र, वर्ष १ का सुनिल र वर्ष ८ का रञ्जना नेपालीको जन्मदर्ता छैन् । लक्षीराम नेपालीको पत्नि चन्द्रकला र छोराछोरी सहित लामो समय देखि भारतमा बस्दै आएका थिए । गरिवीका कारण परिवार सहित भारतमा बस्दै आएका लक्षीराम एक महिना अगाडी स्वदेश फर्केपनि कमाउन जिल्ला बाहिर गएका छन् । उनको पत्नीको नागरिकता छैन् । बाबु घर वाहिर र आमाको नागरिकता नहुँदा छोराहरुको जन्मदर्ता हुन सकिरहेको छैन् । जन्मदर्ता नहुदाँ बालबालिकालाई विद्यालयमा भर्ना गर्न समस्या भएको चन्द्रकलाले बताईन् ।
नेपालको संविधान २०७२ ले प्रत्येक बालबालिकाको नाम र जन्मदर्ताको हक हुने व्यवस्था गरेको छ । बालबालिकाको जन्मदर्ताले प्राप्त हुने सेवा सुविधाको बारेमा अभिभावकलाई जानकारी नहुदाँ संविधानमा व्यवस्था भएपनि जिल्लाको ग्रामिण क्षेत्रमा जन्मदर्ता विहिन बालबालिकाको संख्या धेरै भएको बालअधिकारकर्मीको भनाई छ । प्रक्रिया पु¥याई आएमा बालबालिकाको जन्मदर्ता गर्न कुनै समस्या नभएको ठाटीकाँध गाउपालिका वडा ४ का वडा अध्यक्ष रमेशबहादुर सिजापतीले बताए । आफ्नो वडा भित्र कुनै पनि बालबालिका जन्मदर्ताको अभावमा सेवासुविधाबाट वञ्चित नहुन भन्नाका लागि पहल गरिएको सिजापतीको भनाई थियो ।

प्रतिक्रिया