खोज पत्रकारितामा बढ्दो आकर्षण

खोज पत्रकारितामा बढ्दो आकर्षण

प्रेम विश्वकर्मा, नेपालगंज

बैशाख ०९, २०७५ ।
पत्रकारितामा अति नै महत्वपुर्ण विद्या मानिएको खोज पत्रकारिता तर्फ आकार्षण बढ्दो छ । हाड न्युज, सफ्ट न्युज, फिचर पछिको अर्को इन्भेस्टिगेभि न्युज पनि हो । पछिल्ला दिनहरुमा त झन पत्रपत्रिकाको प्राण नै खोज पत्रकारिता भएको पत्रकारिता क्षेत्रका विज्ञहरु बताउने गर्छन । यसमा मौलिक अनुसन्धान, सार्वजनिक महत्वको विषय र लुकेको, लुकाईएको कुरालाई उदाङ्गो पारिने भएकाले पनि खोज पत्रकारिताको महत्व, आवाश्यकता बढेको छ ।

सोही कुरालाई ध्यान दिर्दै बाँकेको नेपालगंजमा बुधबार देखी खोज पत्रकारिता तालिम आयोजना गरिएको थियो । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत सुशासन प्रवद्र्धनका निम्ति खोज पत्रकारिता तालिम आयोजना गरिएको हो । बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, डोटी, अछाम, दैलेख, सुर्खेत, बर्दिया, बाँके, जाजरकोट, सल्यान, रुकुम, दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी र कपिलवस्तु जिल्लालाई आधार क्षेत्र बनाई काम गरि रहेका २४ जना पत्रकारहरुले तालिममा सहभागीता जनाएका थिए ।

पारस्परिक जवाफदेहिता कार्यक्रम अमेरिकी अन्र्तराष्ट्रिय विकास नियोगको सहयोगमा एफएचआइ तीन सय साठ्ठीले इक्विल एक्सेस सँग मिलेर नेपालका ३४ वटा जिल्लाहरुमा काम गरि रहेको छ । तिनै जिल्लामा बसेर सार्वजनिक श्रोतको प्रयोग र सार्वजनिक सेवा प्रवाहमा निगरानी राख्र्दै पत्रकारिता गरि रहेका ४५ जनालाई नेपालगंज र काठमाडौंमा हुने खोज पत्रकारिता सम्वन्धि तालिममा सहभागी हुन २०७४ फागुनमा दरखास्त आह्वान गरिएको थियो ।

जसमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, ओखलढुंगा, रामेछाप, सिन्धुली, मकवानपुर, दोलखा, रसुवा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट र धादिङ जिल्ला पनि समावेश थिए । दरखास्त दिनेहरुको संख्या भने उल्लेख्य मात्रामा रहेको पाईएको छ । यस तालिमबाट खोज मुलक समाचार संकलन, लेखनका साथै अपनाउनु पर्ने सुरक्षा विधि बारे आवाश्यक ज्ञान तथा सिप सिकेको आयोजकको अपेक्षा छ ।

खोज पत्रकारितामा लामो अनुभव संगालेका तथा वरिष्ठ पत्रकार शिव गाउले, मोहन मैनाली, प्रकाश लामीछाने लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो । इक्विल एक्सेस नेपालगंजका अनुसार खोज पत्रकारिता तालिम यही वैशाख ९ गते सम्म सञ्चालन भएको थियो । यस लग्तै काठमाडौंमा पनि अर्को तालिम सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया