बाणिज्य बैंकले सरकारलाई बुझाए झण्डै १५ अर्ब रुपैयाँ आयकर (सूचीसहित)

बाणिज्य बैंकले सरकारलाई बुझाए झण्डै १५ अर्ब रुपैयाँ आयकर (सूचीसहित)

-तीर्थराज पाैड्याल
बाणिज्य बैंकहरुले चालू आर्थिक बर्षको ९ महिना अवधिमा सरकारलाई झण्डै १५ अर्ब रुपैयाँ आयकर तिरेका छन् । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब ८७ करोड रुपैयाँ सरकारलाई बुझाएका हुन् ।

यो अायकर रकम बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७२/७३ को ९ महिना अवधिमा तिरेको भन्दा दुई अर्ब १४ करोड अर्थात १६.८१ प्रतिशतले बढि हो । गत बर्ष बैंकहरुले १२ अर्ब ७३ करोड रुपैयाँ आयकर वापत सरकारलाई बुझाएका थिए ।

सबैभन्दा धेरै कर तिर्ने बैंकको सूचीमा राष्ट्रिय बाणिज्य बैंक एक नम्बरमा रहेको छ । बैंकले ९ महिना अवधिमा एक अर्ब २१ करोड रुपैयाँ आयकर बुझाएको छ । दोश्रो नम्बरमा नबिल बैंकले एक अर्ब १६ करोड तथा तेश्रो नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब १० करोड रुपैयाँ आयकर बुझाएको छ ।

गत बर्ष नबिल बैंकले सबैभन्दा बढी एक अर्ब १३ करोड र सबैभन्दा कम एनसीसी बैंकले ४ करोड रुपैयाँ आयकर तिरेका थिए ।

तीन बैंकले एक अर्ब बढी कर तिरेका छन् भने ५० करोडभन्दा बढी कर तिर्ने बैंकको संख्या ११ रहेको छ । बाँकी रहेका १४ बैंकमध्ये ८ वटाले ३० करोड बढी र ६ बैंकले ३० करोडभन्दा थोरै कर बुझाएको देखिन्छ । गत बर्षको तुलनामा एनसीसी बैंकले ४२८ प्रतिशत धेरै अायकर सरकारलाई बुझाएको छ भने प्रतिशतको आधारमा सरकारलाई बुझाउने आयकर गत बर्षभन्दा ४२ प्रतिशत कम प्रभु बैंकले तिरेकाे देखिन्छ ।

सबैभन्दा कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने सिभिल बैंक परेको छ । सिभिल बैंकले १५ करोड रुपैयाँ सरकारलाई कर बुझाएको हो । एनसीसी र मेगाा बैंकले पनि २० करोडभन्दा थोरै कर तिर्ने बैंकहरुको सूचीमा समेटिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आयकर वापत ३० प्रतिशत, १० प्रतिशत घर बहाल कर, ५ प्रतिशत ब्याजकर तिर्ने गरेका छन् । ठुला करदाता कार्यालयमा गत आर्थिक बर्ष २०७३ ७४ मा बाणिज्य बैंकहरुले २६ अर्ब ७८ करोड २६ लाख रुपैयाँ १० कर तिरेका थिए । गत  अार्थिक बर्षमा धेरै कर तिर्ने २० कम्पनीभित्र १० वटा  त बाणिज्य बैंक नै रहेका थिए ।

यस आधारमा सरकारको राजश्व संकलनमा वाणिज्य बैंकहरूको योगदान ठूलो रहेको देखिन्छ । मेराेलगानीमा समचारछ ।

प्रतिक्रिया