एक बर्षमा ४४ बाल विवाह रोकिए

एक बर्षमा ४४ बाल विवाह रोकिए

दैलेख बैशाख २१- दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ मा एक बर्षको अवधी भित्र ४४ वटा वाल विवाह रोकिएको तथ्यांक सार्वजनिक गरिएको छ । ०७४ देखि हाल सम्म ४४ वटा बाल विवाह रोकिएको वडा अध्यक्ष गंगाराम खत्रीले जानकारी दिनुभएको हो । गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन घोषणा गर्ने अभियान अन्तरगत वडामा हुने बाल विवाह रोक्ने अभियानलाई तिब्रता दिइएको अध्यक्ष खत्रीको भनाई छ ।
वडामा बाल विवाह रोक्नका लागि गाउँ टोल र अभिभावकहरुलाई समेत बनाउन सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको उनले बताए । वडा तहमा जनप्रतिनीधि र कर्मचारीहरु समेत बाल विवाह रोक्ने अभियानमा लाग्नु भएको छ, हाम्रो अभियानलाई विभिन्न गैरसरकारी निकायका कर्मचारीहरुले सहयोग पु¥याउनु भएको छ, वडा अध्यक्ष खत्रीले भने ।
कतिपय अभिभावकहरु आफ्ना छोरा छोरीलाई विवाह गर्न किन नदिने भन्दै वडा कार्यालय सम्म आउने गरेको कारण वाल विवाह रोक्न जनप्रतिनीधि र कर्मचारीहरुलाई चुनौती थपिएको उनले बताए । वडामा बाल विवाह रोक्न लागि प्रहरी कार्यालयले समेत सहयोग गरेको जनप्रतिनीधिहरु बताउछन् ।
उनका अनुसार उमेर नपुगी विवाह गर्ने बालबालिकाहरुलाई अगल अगल गराउदाँ पुःन विद्यालयमा भर्ना हुने गरेको बताउदै विद्यालयमा उनिहरुको शैक्षिक गुणस्तर समेत राम्रो भएको पाइएको स्थानीय सामाजिक अभियान्ताहरुको बुझाई छ ।
पूर्व गाविस अध्यक्ष समेत रहेका स्थानीय अगुवा कर्ण बहादुुर सिजालीका अनुसार बेरोजगारी र अशिक्षा नै बाल विवाहको प्रमुख कारण बनेको हो । उनले उमेर नपुगी विवाह गर्दा एउटा गरिबले अर्को गरिब जन्माईरहेको बताए ।
वडा कार्यालय र स्थानीय अगुवाहरुले समुदायमा जनचेतना फैलाउदा अुबझ जस्तै बन्ने गरेको नेपाली कांग्रेस पूर्व जिल्ला सभापति नगेन्द्र बहादुर खत्रीको अनुभव छ ।
अभिभावकहरुमा शिक्षाको कमी र बाल वालिकाहरुको हेरचाहा नगर्ने गरेका कारण बाल विवाह बढिरहेको वडा सदस्य धर्म बहादुर शाहीको बुझाई छ । अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष बाल विवाहमा कमी आएको बताउदै बाल विवाह रोक्ने अभियानमा सबै एक जुट हुन समुदायलाई वडा कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया