वडाखोला मानवअधिकार मैत्री घोषणा

वडाखोला मानवअधिकार मैत्री घोषणा

दैलेख – दैलेखको महावु गाउँपालिका वडा नम्बर २ बडाखोला जिल्लाको पहिलो मानव अधिकारमैत्री उन्मुख वडा घोषणा भएको छ । महाबु गाउँपालिकाको जगदिश माध्यामिक विद्यालय एैराडीको प्रांङगणमा आयोजित एक कार्यक्रमका विच वडाखोलालाई मानब अधिकारमैत्री उन्मुख वडा घोषणा गरिएको हो ।
घोषणा सभालाई सम्बोधन गर्दै कणार्ली प्रदेश सभा सांसद अमर बहादुर थापाले विकट र दुरदराजमा हुने मानब अधिकार विरोधी घटनालाई अन्त्य गर्दै मानब अधिकार मैत्री समाज निमार्ण गर्न आफु लागी पर्ने बताए ।

उनले समृद्ध समाजको अबरोधका रुपमा रहेका मानब अधिकार र सबै खाले विभेदहरुलाई अब कुनै पनि बाहानामा बचाई राख्न नहनुे तर्क गर्दै त्यस्ता कार्यमा संलग्न जो कोही कानुनी दायरा भन्दा बाहिर जान नसक्ने बताए ।
यस्तै जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख लक्ष्मी शाहले मानब अधिकार संरक्षणको अभियान बडाखोलाबाट सुरु भएको बताइन् । उनले अभियानलाई सफल बनाउन सवैको ऐक्यवद्धता जरुरी रहेकोमा जोड दिइन् ।
महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले बडाखोला बाट सुरु भएको मानब अधिकारमैत्री उन्मुख वडा घोषणा अभियान सवै वडा हुँदै समग्र जिल्ला भरी पुग्ने उद्घोष गरे । साथै उनले अभियानलाई सफल बनाउन सवै पक्षसंग आग्रह गनु र अनुरोध गरे । उनले समाजलाई गति दिने र समृद्ध र सव्य समाज निमार्णका लागी हरदम सहयोग गर्न तयार रहने बताए ।

यस्तै जिल्ला मानब अधिकार पैरवी सञ्जालका अध्यक्ष खड्क बहादुर सिजापतीले मानब अधिकार व्यक्ति स्तन्त्र हुन पाउने अधिकार भएकाले कुनै पनि व्यक्तिलाई स्वतन्त्रता बाट बञ्चित गराउन नहुने बताए । महाबु गाउँपालिका, वडा कार्यालय, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेख द्धारा संचालित आवाज परियोजना लगायतका सरकारी तथा गैरसरकी निकायको सहयोग र समन्वमा भएको घोषणा सभामा शिक्षक, विद्यार्थी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, मानब अधिकार पैरवी सञ्जालका पदाधिकारी, मानबअधिकारकर्मी लगायतको सहभागिता रहेको आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक चित्र विश्वकर्माले जानकारी दिए । घोषणा कार्यक्रम महाबुगाउँपालिका वडा नं. २ बडाखोलाका अध्यक्ष रामकृष्ण गुरुङ्गको अध्यक्षतामा भएका हो ।

प्रतिक्रिया