शिक्षकहरुले छोरा–छोरीलाई नीजि विद्यालयमा पढाउन नपाउने

शिक्षकहरुले छोरा–छोरीलाई नीजि विद्यालयमा पढाउन नपाउने


दैलेख बैशाख २८- जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले सामुदायिक विद्यालयका खस्कदो शैक्षिक गुणस्तरलाई सुधार्न गृहकार्य सुरु गरेको    छ । काठमाडौँका संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गराउने जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले गृहकार्य सुरु गरेको हो ।
नगरपालिकाले गुणस्तरिय शिक्षाका लागि कार्यशाला गोष्ठी र अन्र्तक्रिया कार्यक्रमहरु गर्दै आएको छ । नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालयका प्र.अ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि कार्यशाला गोष्ठीको आयोजना गरी सुझाव संकलन गरिएको छ ।
नगर प्रमुख सुर्यबहादुर शाहीले नगर भित्र कायरत्त शिक्षक र सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा आफ्नो बालबालिकालाई अध्यापन गराउन निर्देशन दिए ।

पछिल्लो समय शिक्षकहरु आफ्नो बालबालिकालाई आवासीय विद्यालयमा भर्ना गरी पठनपाठन गराउने प्रचलनले गर्दा शिक्षाको गुणस्तर खस्कीएको उनको भनाई छ । नगर शिक्षकहरु आफुलाई विश्वास नगरी आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पठनपाठन गराउछन, प्रमुख शाहीले भने । सर्वसाधारणका बालबालिकालाई कसरी गुणस्तर शिक्षा गुणस्तर शिक्षा दिन्छ उनको प्रश्न थियो । नगरपालिकाले सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षामा जोड दिने उनको भनाई छ ।
नगर उपप्रमुख तारा शाही (खत्री) उत्कृष्ट शिक्षकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताईन । नपढाउने शिक्षकलाई कडा कारवाही गरी शैक्षिक गुणस्तर बृद्धि गर्ने नगरपालिकाको लक्ष्य रहेको बताईन । उनले भनिन् ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउन सकिदैन तबसम्म विकास पनि हुदैन ।’ ‘विकासका लागि सकरात्मक सोचको खाँचो पर्छ ।, ‘सकरात्मक सोचका लागि गुणस्तरीय शिक्षाको जुरुरी हुन्छ ।’ उनले भनिन् ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जिल्ला प्रशासन कार्यालय दैलेखले नगरपालिकाले बनाएका नीतिहरुलाई कार्यन्वयमा सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।
विद्यालयका प्रअहरुले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुलाई सेवा सुविधा थप्नु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शिक्षकहरु लापरवाहीका कारणले गर्दा गुणस्तर खस्कीएको आरोप लगाएका छन ।
यसैगरी शिक्षक तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सामुदाय विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठन गराउने प्रतिवद्धता जाहेर गरेका छन् । नगर प्रमुख शाहीले उनीहरुलाई सो प्रतिवद्धता गराएका थिए । यसैगरी स्थानीय पाठ्यक्रम निर्माण गरी यस नगरपालिका भित्र सबै विद्यालयमा पठनपाठन गर्ने लागु गर्ने, विद्यार्थी र विद्यार्थीको अभिभावकको राय सुझाव सहित सम्बन्धित निकायमा पेश गरी सेवा सुविधा लिने प्रतिवद्धता गर्दै विद्यार्थी र अभिभावक प्रति पुर्ण उत्तरदायी हुनु प्रतिवद्धता जनाएका छन ।
यसैगरी शैक्षिक गुरुयोजना निर्माणका लागि बनाई समग्र नगरपालिका गुणस्तरीय शिक्षा र एकतारुपता कायम गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने, शिक्षा सम्वन्धि ऐन कानुन,नियम परिपत्र र निर्देशनहरु परिपालना गर्ने र विद्यालय क्षेत्र भित्र कुनैपनि मदिार सेवन जस्ता कार्यलाई रोक्ने प्रतिवद्धता जनाएका छन ।

प्रतिक्रिया